निरन्तरजसो बढ्दै गरेको सुनको भाउ अब कतिसम्म बढ्ला ?

निरन्तरजसो बढ्दै गरेको सुनको भाउ अब कतिसम्म बढ्ला ? : Icon Khabar

काठमाडौ, चैत २४ । पछिल्ला दिनहरुमा सुनको भाउले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ । निरन्तरजसो बढ्दै जाँदा यस साता नेपाली बजारमा सुनको भाउ तोलाकै १ लाख ३४ हजारसम्म पुग्यो । यही रफ्रतारमा बढ्दै जाँदा सुनको मूल्य केही समयमै डेढ लाख रुपैयाँसम्म पुग्न सक्ने विश्लेषणहरु भइरहेका छन् ।

विश्व बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको सीधा प्रभाव परेको हो । किनभने हाम्रो बजारमा सुन पूरै आयातमा निर्भर रहेको छ ।सुनको मूल्य बढ्नुमा केही कारण रहेका हुन्छन् । सामान्यतयः माग र आपूर्तिकै कारण मूल्यमा प्रभाव पार्ने गर्छ । तर यसबाहेक अन्तराष्ट्रिय क्षेत्रमा अशान्ति, कलह बढेमा वा बढ्न सक्ने सम्भावना देखिए पनि सुनको भाउ बढ्ने गर्छ । किनभने लगानीकर्ताले लगानीको सुरक्षित क्षेत्र खोेजेका हुन्छन् । सुनलाई लगानीको सबैभन्दा सुरक्षित क्षेत्रमध्ये एक मानिन्छ ।

अहिले रुस र युक्रेन युद्धको त्रास थप बढेको छ । युद्ध नरोकिने हो कि भन्ने त्रास पनि देखिएको छ । यसले पनि विश्वभरका लगानीकर्ता सुनतर्फ आकर्षित भएको अनुमान गरिएको छ । सुनको भाउ बढ्नुमा अमेरिकी डलरको मजबुतीलाई पनि मुख्य कारण मानिएको छ । डलर बलियो भएसँगै विश्व बजारमा सुनको भाउसमेत उकालो लागेको विश्लेषकहरु बताउँछन् ।सुनचाँदी व्यवसायीका अनुसार अमेरिकी रिजर्भ बैंकले लिएको नीतिले पनि सुनको मूल्य बढेको छ ।

पछिल्ला दिनहरुमा चीनले सुनमा व्यापक लगानी वृद्धि गरेको छ । यसले पनि मूल्य वृद्धि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।कपितय विश्लेषकहरुले भूराजनीतिलाई सुनको भाउ बढाउने प्रमुख कारण मानेका छन् । गाजा र युक्रेनमा भइरहेका युद्धहरु, आगामी अमेरिकी चुनाव र विश्वका प्रमुख अर्थतन्त्रहरुमा मन्दीको सम्भावनाले सुन मध्यम–अवधिमा बुलिस नै रहने देखिएको सीएनबीलेले लेखेको छ ।यस्तै, अमेरिकी फेडरल रिजर्भको ब्याजदर कटौतीको सम्भावना पनि रहेको छ ।

यता, एसिया र ब्रिक्स राष्ट्रहरुमा सुनको बढ्दो मागले पनि भाउ माथि लैजाँदै आएको छ । चिनियाँ लगानीकर्ता र घरपरिवारले सुनको माग बढाएको वर्ल्ड गोल्ड काउन्सिलको तथ्यांकले देखाएको छ ।यता, नेपाली बजारमा भने विश्व बजारमा तय हुने मूल्यकै सीधा प्रभाव पर्छ । सुन पूरै आयातमा निर्भर छ । यसकारण पनि मूल्य निर्धारणमा हाम्रो भूमिका कम रहेको व्यवसायीहरु बताउँछन् ।

व्यापारीले सुनको गहना बनाएर बिक्री गर्ने भएकाले सुनको भाउमा ज्याला, जर्दीसमेत जोडर उपभोक्तलाई दिइने गरिन्छ । जसले सामान्य उपभोक्तालाई भाउ अझै महँगो पर्न जान्छ ।मूल्य अचाक्ली बढेपछि स्थानीय बजारमा माग भने ह्वात्तै घटेको सुन व्ववसायीहरुको भनाई छ ।यस साताको बिहीबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ३४ हजार रुपैयाँसम्म पुग्यो भने शुक्रबार भाउ केही घटेर तोलाको १ लाख ३२ हजार ७ सय रुपैयाँमा झर्यो ।

Published Date: 06 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी