भक्तपुरको सल्लाघारीमा बिहीबारदेखि सुरू भयो आठौं औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव

भक्तपुरको सल्लाघारीमा बिहीबारदेखि सुरू भयो आठौं औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव : Icon Khabar

भक्तपुर, चैत २३ । आज बिहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । महोत्सवको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले एक समारोहकाबीच उद्घाटन गरेका छन् ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ ।

नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने महतले बताए ।

“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,” मेला आयोजक समितिका संयोजक दीपक थापाले भने । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ ।

महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्ने सकिनेछ । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने आायोजकले जानकारी दिएको छ ।

ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई रु ५० र सर्वसाधरणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले बताए । करिब ५ लाखले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने