गर्भावस्थामा महिलाले खान नहुने खानेकुराहरु

गर्भावस्थामा महिलाले खान नहुने खानेकुराहरु : Icon Khabar

काठमाडौँ, चैत २१ । गर्भवती महिलाले गर्भावस्थामा धेरै कुराको ख्याल गर्नुपर्छ। त्यसमाथि खानेकुराहरुमा पनि विशेष क्याल गर्न आवश्यक छ।
गर्भावस्थामा खान नहुने चीजहरु निम्न रहेका छन्।

१. काँचो माछा र नपकाएका मासु: माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ। राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न।

२. मर्क्युरी: यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ। मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क, टाइलफिस सेवन गर्नुहुन्न। टुना, साल्मन, क्याटफिस, पोलोक माछामा भने कम मक्र्युरी हुन्छन्।

३. क्याफिन: गर्भवतीले दैनिक २ सय मिलिग्रामभन्दा बढी क्याफिन खानुहुन्न। एक कप कफीमा ९५ एमजि क्याफिन हुन्छ भने एक कप चियामा ४७ एमजि क्याफिनको मात्रा हुन्छ।

४. अल्कोहल: अल्कोहलले पनि भर्खर विकास हुँदैं गरेका शिशुको दिमागलगायतका अंगलाई क्षति पुर्‍याउँछन्। यसले गर्दा पछि बच्चा मानसिक रुपमा अपांग भएर जन्मने सम्भावना हुन्छ।

५. नपखालिएका तरकारी: राम्ररी नपखालिएका तरकारीमा टोक्सोप्लाज्मा नामक परजीवी हुन्छन्। यसका कारण टोक्सोप्लाज्मोसिस हुने भएकाले यो शिशुका लागि हानिकारक हुन्छ। त्यसैले तरकारीलाई साबुनपानीले होइन, ब्रसले पानीमा पखाल्नुपर्छ। यस्तै, ब्याक्टेरिया हुन सक्ने भएकाले तरकारीको फेद र टुप्पो पनि काट्नुपर्छ।

६. पास्चराइज नगरिएको दूध: पास्चराइज नगरिएको दूध सेवन शिशुका लागि हानिकारक हुन सक्छ। त्यसैले पास्चराइज गरिएको दूधमात्र पिउनुस्। दूधलाई उमालेर पास्चराइज गरिन्छ।

७. धूम्रपान: गर्भवतीले मात्र नभइ स्वास्थ्यका लागि कसैले पनि धूम्रपान गर्नु हुँदैन। गर्भवतीले धूम्रपान गर्ने व्यक्तिको छेउछाउ पनि बस्नुहुँदैन।

Published Date: 03 April 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग