सेती प्रादेशिक अस्पताल धनगढीमा उद्घाटन भयो ठुलो क्षमताको प्रविधियुक्त नयाँअक्सिजन प्लान्ट

सेती प्रादेशिक अस्पताल धनगढीमा उद्घाटन भयो ठुलो क्षमताको प्रविधियुक्त नयाँअक्सिजन प्लान्ट : Icon Khabar

काठमाडौं, चैत २१ । जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ठुलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट निशुल्क उपलब्ध गराई सहयोग स्वरुप हस्तान्तरण गरी एक समारोहबिच उद्घाटन गरेको छ ।

उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष श्री कृष्णदत्त भट्ट; कानून प्रबन्धक ( कम्पनी सचिव श्री विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि श्री नवीन पाण्डे लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

अक्सिजन आवश्यक परेका विरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउन स्थापना गरीएको यस अक्सिजन प्लान्टले स्थानीय समुदाय लगायत समग्र सुदुरपश्चिमका नागरिकलाई प्रभावकारी चिकित्सा सेवा सुनिश्चित गर्दै बिरामीहरूको सेवा गर्ने अस्पतालको क्षमतामा उल्लेखनीय वृद्धि हुनेमा विश्वक्स गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2024
Website | + posts