सेती प्रादेशिक अस्पताल धनगढीमा उद्घाटन भयो ठुलो क्षमताको प्रविधियुक्त नयाँअक्सिजन प्लान्ट

सेती प्रादेशिक अस्पताल धनगढीमा उद्घाटन भयो ठुलो क्षमताको प्रविधियुक्त नयाँअक्सिजन प्लान्ट : Icon Khabar

काठमाडौं, चैत २१ । जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ठुलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट निशुल्क उपलब्ध गराई सहयोग स्वरुप हस्तान्तरण गरी एक समारोहबिच उद्घाटन गरेको छ ।

उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष श्री कृष्णदत्त भट्ट; कानून प्रबन्धक ( कम्पनी सचिव श्री विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि श्री नवीन पाण्डे लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

अक्सिजन आवश्यक परेका विरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउन स्थापना गरीएको यस अक्सिजन प्लान्टले स्थानीय समुदाय लगायत समग्र सुदुरपश्चिमका नागरिकलाई प्रभावकारी चिकित्सा सेवा सुनिश्चित गर्दै बिरामीहरूको सेवा गर्ने अस्पतालको क्षमतामा उल्लेखनीय वृद्धि हुनेमा विश्वक्स गरिएको छ।

Published Date: 03 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी