आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २१ । आज २०८० चैत २१ गते बुधबार, तद्अनुसार ३ अप्रिल २०२४ । आज चैत कृष्ण नवमी, शिव तैतल उत्तरषाढा, सूर्योदय बिहानः ५ः५१ बजे, सूर्यास्त साँझः १८ः२२ बजे ।

आजको राशिफल

मेष: धनार्जन सुगम हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गनेृछन् । लामो यात्राको योजना बन्न सक्छ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । पारिवारिक चिन्तामा वृद्धि हुनेछ । आवश्यक वस्तु समयमा फेला नपर्न सक्छ ।

मिथुन: शत्रु नतमस्तक रहने छन् । प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कर्कट: लेन–देनमा सावधानी अपनाउनु होला । शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कन्या: अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । अपेक्षाकृत कार्यमा विलम्ब हुनसक्छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।

वृश्चिक: नयाँ आर्थिक नीति बन्ने छ । कार्य प्रणालीमा सुधार आउने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

धनु: चोट अथवा रोगबाट बच्नु होला । पूजा–पाठमा मन लाग्ने छ । सुखका साधनहरुमा खर्च हुनसक्छ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । अपेक्षित कार्यमा अप्रत्याशित बाधा आउन सक्ने छ । अरुको झगडामा नपर्नु होला ।

कुम्भ: कष्ट, भय, चिन्ताको वातावरण बन्न सक्छ । जीवनसाथीको सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

मीन: धन प्राप्ति सुगम हुनेछ । ऐश्वर्यका साधनहरुमा ठूलो खर्च हुनसक्छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2024
Website | + posts