आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २१ । आज २०८० चैत २१ गते बुधबार, तद्अनुसार ३ अप्रिल २०२४ । आज चैत कृष्ण नवमी, शिव तैतल उत्तरषाढा, सूर्योदय बिहानः ५ः५१ बजे, सूर्यास्त साँझः १८ः२२ बजे ।

आजको राशिफल

मेष: धनार्जन सुगम हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गनेृछन् । लामो यात्राको योजना बन्न सक्छ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । पारिवारिक चिन्तामा वृद्धि हुनेछ । आवश्यक वस्तु समयमा फेला नपर्न सक्छ ।

मिथुन: शत्रु नतमस्तक रहने छन् । प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कर्कट: लेन–देनमा सावधानी अपनाउनु होला । शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कन्या: अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । अपेक्षाकृत कार्यमा विलम्ब हुनसक्छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।

वृश्चिक: नयाँ आर्थिक नीति बन्ने छ । कार्य प्रणालीमा सुधार आउने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

धनु: चोट अथवा रोगबाट बच्नु होला । पूजा–पाठमा मन लाग्ने छ । सुखका साधनहरुमा खर्च हुनसक्छ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । अपेक्षित कार्यमा अप्रत्याशित बाधा आउन सक्ने छ । अरुको झगडामा नपर्नु होला ।

कुम्भ: कष्ट, भय, चिन्ताको वातावरण बन्न सक्छ । जीवनसाथीको सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

मीन: धन प्राप्ति सुगम हुनेछ । ऐश्वर्यका साधनहरुमा ठूलो खर्च हुनसक्छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

Published Date: 03 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी