काठमाडौं उपत्यकामा अहिले हावाहुरी सहित असिना वर्षा

काठमाडौं उपत्यकामा अहिले हावाहुरी सहित असिना वर्षा : Icon Khabar

काठमाडौं, चैत १८ । काठमाडौं उपत्यकासहित चार प्रदेशका पहाडी भूभागमा अहिले पानी परिरहेको छ।

मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङ्सहित वर्षा भएको हो।

विभागअन्तर्गको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसिमविद् गंगा नगरकोटी प्रि मनसुनको समय भएकाले साँझपख मेघ गर्जन चट्याङ्सहितको वर्षाको सम्भावना निरन्तर हुने बताउछिन् । अहिले उपत्यकाको उत्तरी क्षेत्रमा वर्षा भइरहेको छ।

उनले भनिन् ,“अहिले प्रि मनसुनको समय छ, स्थानीय वायुको प्रभावका कारण साँझपख मेघ गर्जन चट्याङ्सहित वर्षाको सम्भावना हुन्छ। ”

मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम भने सफा रहेको उनको भनाइ छ। लुम्बिनी प्रदेशको मौसम आंशिक बदली भएको उनको भनाइ छ।

Published Date: 31 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी