काठमाडौं उपत्यकामा अहिले हावाहुरी सहित असिना वर्षा

काठमाडौं उपत्यकामा अहिले हावाहुरी सहित असिना वर्षा : Icon Khabar

काठमाडौं, चैत १८ । काठमाडौं उपत्यकासहित चार प्रदेशका पहाडी भूभागमा अहिले पानी परिरहेको छ।

मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङ्सहित वर्षा भएको हो।

विभागअन्तर्गको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसिमविद् गंगा नगरकोटी प्रि मनसुनको समय भएकाले साँझपख मेघ गर्जन चट्याङ्सहितको वर्षाको सम्भावना निरन्तर हुने बताउछिन् । अहिले उपत्यकाको उत्तरी क्षेत्रमा वर्षा भइरहेको छ।

उनले भनिन् ,“अहिले प्रि मनसुनको समय छ, स्थानीय वायुको प्रभावका कारण साँझपख मेघ गर्जन चट्याङ्सहित वर्षाको सम्भावना हुन्छ। ”

मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम भने सफा रहेको उनको भनाइ छ। लुम्बिनी प्रदेशको मौसम आंशिक बदली भएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2024
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने