ल्याभेन्डर प्रि-स्कूलको १० औं वार्षिकोत्सव सम्पन्न

ल्याभेन्डर प्रि-स्कूलको १० औं वार्षिकोत्सव सम्पन्न : Icon Khabar

ललितपुर, चैत १९ । ललितपुर जिल्लाको धोबीघाट – ३ मा अवस्थित नेपालकै पहिलो नेचर बेस्ड स्कूल (बालबालिकालाई प्रकृतिको सामिप्यमा राखेर अध्यापन गराइने स्कूल) ल्याभेन्डर प्रि-स्कूलले आफ्नो १० औं वार्षिकोत्सव शनिबार मनाएको छ।

ललितपुरमा रहेको ज्यापु समाजमा विद्यालयले आफ्नो एक दशकको उक्त उत्सव विद्यालयका अभिभावक, विद्यार्थी, शिक्षककर्मचारी र शुभचिन्तकका साथ मनाएको हो।

उक्त कार्यक्रमको संचालन विद्यालयमा अध्यनरत विद्यार्थीद्वय इभा र बेञ्जियोनले गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावकहरुलाई विद्यालयकी संस्थापक / प्रिन्सिपल लिडिया लामाले स्वागत गरेकी थिइन्। साना साना विद्यार्थी नानीबाबुहरुले कार्यक्रममा गीत संगीत, नृत्य साथै अरु थुप्रै प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए।

सो वार्षिकोत्सव कार्यक्रममा इमान भट्टराईकी आमा आस्था रिजालले आफ्नो मन्तव्य राखेकी थिइन्। उनले विद्यालयले बालबालिकालाई प्रकृतिसँग नजिक बनाउदै उनीहरुको हुर्काइ बढाईमा राम्ररी ध्यान दिदै आएको प्रति आभार ब्यक्त गरिन्।

साथै कार्यक्रममा इभा झाका बुबा डा. प्रफुल झाले पनि आफ्नो मन्तव्य राखेका थिए। उनले यस विद्यालयमा आफ्नो छोरी राखेकोले छोरीको सर्वाङ्गिण विकास राम्रोसंग भएको कुरामा खुशी ब्यक्त गरे। धेरै भन्दा धेरै अभिभावकले आफ्ना बाल बच्चालाई पनि यसै स्कूलमा भर्ना गर्नका लागि आव्हान गरेका थिए।

सँगै कार्यक्रममा साइशा बोगटीकी आमा सम्झना विष्टले विद्यालयले १० औं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई शुभकामना ब्यक्त गरिन्। आफ्नी छोरीमा भएको सकारात्मक परिवर्तनले विद्यालय परिवारले कृतज्ञता प्रकट गरिन्। विद्यालयले आयोजना गर्दै आएको PARENTING EDUCATION PROGRAM निकै उत्कृष्ट भएको पनि बताईन्।

ल्याभेन्डर प्रि-स्कूलको १० औं वार्षिकोत्सव कार्यक्रममा विद्यालयलकी संचालक आइती लामाले उपस्थित सम्पूर्णमा आफ्नो मन्तव्य मार्फत धन्यवाद ज्ञापन गरेकी थिइन्।

Published Date: 01 April 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय