अमेरिकामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या

अमेरिकामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या : Icon Khabar

काठमाडौं, चैत १५ । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरेका छन् । आक्रमणमा परी सात जना घाइते छन् ।

राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट दुई महिला र दुई पुरुषको मृत्यु भएको छ । उनीहरु १५ देखि ६३ वर्ष उमेर समूहका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार हत्याको कारण खुलेको छैन ।

Published Date: 28 March 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु