राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा

राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपति पौडेललाई निमन्त्रणा : Icon Khabar

काठमाडौँ, चैत १५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ ।

राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति पौडेललाई राखेपकातर्फबाट निमन्त्रणा पत्र प्रदान गरे ।

सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा र आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोख्रेलको उपस्थिति थियो ।

रनिङ सिल्डको उद्घाटन वैशाख ४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सात प्रदेशका ८ सय ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ५० स्वर्ण पदक , ५० रजत पदक र ६६ कांस्य पदक गरी जम्मा १ सय ६६ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

लुम्बिनी प्रदेश गत संस्करणमा पनि टिम च्याम्पियन बन्दै लगातार तेश्रोपटक उपाधि जित्न सफल भएको थियो ।

Published Date: 28 March 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु