रूसको राजधानी मस्कोमा आतंकवादी आक्रमण, ४० जनाको मृत्यु

रूसको राजधानी मस्कोमा आतंकवादी आक्रमण, ४० जनाको मृत्यु : Icon Khabar

मस्को, चैत १० । रूसको राजधानी मस्कोमा आतंकवादी आक्रमण भएको छ । उक्त आतंकवादी आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ ।

स्थानिय प्रत्यक्षदर्शीहरुले ज्यान गुमाउनेहरुको उक्त संख्या अझ बढी हुन सक्ने अनुमान गरेका छन् । उक्त घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।

मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा उक्त आक्रमण भएको हो । आक्रमणपछि उक्त हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो ।

उक्त आक्रमणको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ ।

मस्कोस्थित अमेरिकी दुतावासले भीडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाईएको छ । जसको अहिले रूसले कनेक्सन खोजिरहेको जनाईएको छ ।

Published Date: 23 March 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी