रूसको राजधानी मस्कोमा आतंकवादी आक्रमण, ४० जनाको मृत्यु

रूसको राजधानी मस्कोमा आतंकवादी आक्रमण, ४० जनाको मृत्यु : Icon Khabar

मस्को, चैत १० । रूसको राजधानी मस्कोमा आतंकवादी आक्रमण भएको छ । उक्त आतंकवादी आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ ।

स्थानिय प्रत्यक्षदर्शीहरुले ज्यान गुमाउनेहरुको उक्त संख्या अझ बढी हुन सक्ने अनुमान गरेका छन् । उक्त घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।

मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा उक्त आक्रमण भएको हो । आक्रमणपछि उक्त हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो ।

उक्त आक्रमणको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ ।

मस्कोस्थित अमेरिकी दुतावासले भीडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाईएको छ । जसको अहिले रूसले कनेक्सन खोजिरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने