‘बद्री बहादुर’ को ट्रेलर सार्वजनिक, आगामी चैत २३ गतेदेखि प्रदर्शनमा आउने

‘बद्री बहादुर’ को ट्रेलर सार्वजनिक, आगामी चैत २३ गतेदेखि प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, चैत ८ । दुई सातापछि अर्थात आगामी चैत २३ गतेदेखि प्रदर्शनमा आउने शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा ३ मिनेट २० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ, जसमा कमेडी पक्षलाई उजागर गर्न खोजिएको छ ।

भारतका स्टार कमेडियन कपिल शर्माले दिएको शुभकामना सन्देशसमेत राखिएको ट्रेलरको उत्तराद्धमा केही दुईअर्थी संवादलाई समेत स्थान दिइएको छ ।

निर्देशक बस्नेत ‘बद्री बहादुर’ शिक्षा दिने उद्देश्यले नबनाएको बताउँछन् । ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा उनले भने – ‘यो फिल्म एकदमै रमाइलो छ । दर्शकले हेरुन्जेल मज्जाले हाँस्नु हुन्छ । मान्छे अनेक तनावमा हुन्छन् अनि फिल्म शिक्षा र सन्देश दिने किन बनाउने ? दर्शकले सवा दुई घण्टा रमाइलो गरुन् भनेर नै फिल्म बनाएको हुँ ।’ फिल्मलाई शुभकामना दिएकोमा कपिल शर्मालाई पनि उनले धन्यवाद दिए ।

सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा जय किसन बस्नेत, शोभित बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई लगायतको अभिनय छ ।

फिल्मको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् । विनोद सापकोटा यो फिल्मका छायांकार हुन् ।

एबी पिक्चर्स फार्म र सलोन(सलिना फिल्म्सको संयुक्त निर्माण रहेको फिल्मको प्रस्तुतकर्ता विजय गोपाल दली तथा निर्माता मिथुन भोटे हुन् । फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन र समिर मियाँ सम्पादन रहेको छ । काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभामा खिचिएको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने