‘बद्री बहादुर’ को ट्रेलर सार्वजनिक, आगामी चैत २३ गतेदेखि प्रदर्शनमा आउने

‘बद्री बहादुर’ को ट्रेलर सार्वजनिक, आगामी चैत २३ गतेदेखि प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, चैत ८ । दुई सातापछि अर्थात आगामी चैत २३ गतेदेखि प्रदर्शनमा आउने शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा ३ मिनेट २० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको छ, जसमा कमेडी पक्षलाई उजागर गर्न खोजिएको छ ।

भारतका स्टार कमेडियन कपिल शर्माले दिएको शुभकामना सन्देशसमेत राखिएको ट्रेलरको उत्तराद्धमा केही दुईअर्थी संवादलाई समेत स्थान दिइएको छ ।

निर्देशक बस्नेत ‘बद्री बहादुर’ शिक्षा दिने उद्देश्यले नबनाएको बताउँछन् । ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा उनले भने – ‘यो फिल्म एकदमै रमाइलो छ । दर्शकले हेरुन्जेल मज्जाले हाँस्नु हुन्छ । मान्छे अनेक तनावमा हुन्छन् अनि फिल्म शिक्षा र सन्देश दिने किन बनाउने ? दर्शकले सवा दुई घण्टा रमाइलो गरुन् भनेर नै फिल्म बनाएको हुँ ।’ फिल्मलाई शुभकामना दिएकोमा कपिल शर्मालाई पनि उनले धन्यवाद दिए ।

सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा जय किसन बस्नेत, शोभित बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई लगायतको अभिनय छ ।

फिल्मको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् । विनोद सापकोटा यो फिल्मका छायांकार हुन् ।

एबी पिक्चर्स फार्म र सलोन(सलिना फिल्म्सको संयुक्त निर्माण रहेको फिल्मको प्रस्तुतकर्ता विजय गोपाल दली तथा निर्माता मिथुन भोटे हुन् । फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन र समिर मियाँ सम्पादन रहेको छ । काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभामा खिचिएको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

Published Date: 21 March 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग