राइट टु प्रोटिन रनमा ७ हजार बढी दौडने

राइट टु प्रोटिन रनमा ७ हजार बढी दौडने : Icon Khabar

काठमाडौँ, चैत ८ । नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ । प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने संयोजक डा. सितलकाजी श्रेष्ठले बिहीबार अन्तिम तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । शनिबार हुने प्रोटिन रनको राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकलम दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी दौड्ने छन् । पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागी हुने छन् । कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी सहभागी हुने छन् । सबै विधामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी १४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा (२५ प्रतिशत करसहित) रहेको छ ।

हाफ म्याराथनको पुरुष/महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन् । पुरुष १० किलोटिमर दौडमा पहिलोदेखि पाँचौं स्थानमा रहनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन् ।

कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार जित्ने छन् । उपरोक्त आठै विधाको नगद पुरस्कार कर बाहेकको हो ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको यो तेश्रो संस्करण हो । प्रोटिन रनको विश्व भेटेरिनरी एसोसिएनका अध्यक्ष राफेल लागुइनले अवलोकन गर्ने छन् ।

पत्रकार सम्मेलनमा नेपाल भेटेरिनरी संघका अध्यक्ष डा. रामकृष्ण खतिवडा, संयोजक श्रेष्ठलगायतले प्रोटिन रनको टिर्सट पनि सार्वजनिक गरेका थिए । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।

युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने दौड पशु सेवा विभाग र नेपाल दाना उद्योग संघअन्तर्गतका दाना उद्योगीहरुको विशेष सहयोगमा हुन लागेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)