राइट टु प्रोटिन रनमा ७ हजार बढी दौडने

राइट टु प्रोटिन रनमा ७ हजार बढी दौडने : Icon Khabar

काठमाडौँ, चैत ८ । नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ । प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने संयोजक डा. सितलकाजी श्रेष्ठले बिहीबार अन्तिम तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । शनिबार हुने प्रोटिन रनको राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकलम दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी दौड्ने छन् । पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागी हुने छन् । कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी सहभागी हुने छन् । सबै विधामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी १४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा (२५ प्रतिशत करसहित) रहेको छ ।

हाफ म्याराथनको पुरुष/महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन् । पुरुष १० किलोटिमर दौडमा पहिलोदेखि पाँचौं स्थानमा रहनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन् ।

कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ५ हजार र पाँचौंले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार जित्ने छन् । उपरोक्त आठै विधाको नगद पुरस्कार कर बाहेकको हो ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको यो तेश्रो संस्करण हो । प्रोटिन रनको विश्व भेटेरिनरी एसोसिएनका अध्यक्ष राफेल लागुइनले अवलोकन गर्ने छन् ।

पत्रकार सम्मेलनमा नेपाल भेटेरिनरी संघका अध्यक्ष डा. रामकृष्ण खतिवडा, संयोजक श्रेष्ठलगायतले प्रोटिन रनको टिर्सट पनि सार्वजनिक गरेका थिए । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।

युनाइटेड स्टेट्स सोयबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने दौड पशु सेवा विभाग र नेपाल दाना उद्योग संघअन्तर्गतका दाना उद्योगीहरुको विशेष सहयोगमा हुन लागेको आयोजकले जनाएको छ ।

Published Date: 21 March 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न