बुद्ध एयरको व्यापार गत वर्षको तुलनामा २०.५० प्रतिशतले बढ्यो

बुद्ध एयरको व्यापार गत वर्षको तुलनामा २०.५० प्रतिशतले बढ्यो : Icon Khabar

काठमाडौं, चैत ६ । बुद्ध एयर प्रालिले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा २०.५० प्रतिशतले धेरै हो ।

सन् २०२२ मा कम्पनीले १० अर्ब ९ करोड ८० लाख, सन् २०२१ मा ३ अर्ब ३३ करोड र सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो । यसले सन् २०२३ को मध्ये जुलाईदेखि अक्टोबरसम्म ३ अर्ब ८३ करोड व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

यस कम्पनीले १ अर्ब ६० करोड २३ लाख नेपाली रुपैयाँ र २ करोड ५५ लाख डलर कर्जाका लागि पनि रेटिङ पुनः पुष्टि गराएको छ।जसमध्ये लङ ट्रम ६० करोड ८३ लाख रुपैयाँ र २ करोड ५५ लाख डलर कर्जाका लागि ‘इक्राएनपी एलए माइनस’ र सर्ट ट्रम ९९ करोड ४० लाख रुपैयाँका लागि ‘इक्राएनपी ए२ प्लस’ रेटिङ पुनः पुष्टि भएको छ ।

बुद्ध एयरले नेपालको आन्तरिक ट्रंक रुटहरुमा हवाई सेवा दिंदै आएको छ । अन्तर्राष्ट्रिय उड्डयनमा सीमित उपस्थितिको साथ वाराणसी, भारतबाट काठमान्डौंमा उडान भर्ने गरेको छ । बुद्ध नेपालको सबैभन्दा ठूलो र लामो समयसम्म सञ्चालन भएको निजी क्षेत्रको एयरलाइन्स हो । यसको बजार हिस्सा सन् २०२२ मा ५६ प्रतिशत थियो ।

अहिले बढेर सन् २०२४ सम्म ६७ प्रतिशत पुगेको छ । बजार हिस्सा र यात्रुसंख्या बढ्दै गएको कारण यसको व्यापारमा पनि सुधार भएको हो ।

Published Date: 19 March 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी