वि किड्स स्कुलमा “स्कुल ओपन हाउस” कार्यक्रम सम्पन्न

वि किड्स स्कुलमा “स्कुल ओपन हाउस” कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ४ । वि किड्स स्कुलले शनिबार “स्कुल ओपन हाउस “ कार्यक्रम आयोजना गरेको छ ।

‘एक्सप्लोर, लर्न र ग्रो’ को अवधारणा अनुसार सञ्चालन भइरहेको उक्त विद्यालयले गरिरहेका शैक्षिक अभ्यास, बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि तयार गरेको शैक्षिक वातावरणबारे जानकारी दिनका लागि उक्त कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

प्रिस्कूलकी प्रिन्सिपल मन्जु दुवालले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण, विद्यालयले गर्ने विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिन, अभिभावकहरू बीच आपसी भेटघाट गराउन, सम्भावित नयाँ अभिभावक तथा विद्यार्थीहरूलाई विद्यालयको सुविधाहरूसँग परिचित गराउने र कक्षाकोठा अवलोकन संगै समर्पित शिक्षकहरूसँग अनौपचारिक भेटघाट गराउन, आगन्तुकहरूलाई विद्यालयले प्रदान गर्ने उच्च-गुणस्तरको शिक्षा प्रत्यक्ष अनुभव गराउन र विद्यालयको सिकाई अवधारण/दृष्टिकोण वारेमा जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइन् ।

विद्यार्थीहरूले पाठ्यक्रममा समावेश भएका पाठलाई बुझ्न र बुझाउन सहज हुने शैक्षिक सामग्रीबारे विश्लेषण गरेका थिए । विद्यार्थीले गरेका प्रस्तुतिलाई ओपन हाउसमा सहभागी अभिभावक तथा सहभागीले चाखपूर्वक अवलोकन गरेका थिए । सहभागी अभिभावकले विद्यार्थीलाई स्कुलले पाठ्यपुस्तकका अलावा अन्य विषयवस्तुका बारेमा जानकारीका साथ अध्ययन गराएको पाएको बताए ।

उनीहरूले विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइएकोकमा खुसी व्यक्त गरे । सहभागीले विद्यार्थीले निर्धक्कसाथ गरको प्रस्तुतिले आफूहरूको मन छोएको बताए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न थिममा आधारित रहेर तयार गरेका शैक्षिक सामग्रीहरू, स्थानीय औजारहरू, स्थानीय बाजागाजाहरूको प्रदर्शनी गरेका थिए । कार्यक्रममा बालबालिकाहरुको लागि लागि विभिन्न प्रकारका रमाइला आकर्षक स्टलहरूको व्यवस्था गरेको थियो ।

बाउन्सिङ क्यासल, प्ले स्टेशन, फेस पेन्टिङ, फोटो स्टेशन, विभिन्न रमाईला खेलहरू र फुड स्टल समेत रहेको सो कार्यक्रममा विद्यार्थीहरूले नाटक, नृत्य, गीत समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा आगन्तुकहरूमध्ये लक्की ड्र मार्फत १ जना भाग्यशाली आगन्तुकलाई पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2024
Website | + posts