वि किड्स स्कुलमा “स्कुल ओपन हाउस” कार्यक्रम सम्पन्न

वि किड्स स्कुलमा “स्कुल ओपन हाउस” कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ४ । वि किड्स स्कुलले शनिबार “स्कुल ओपन हाउस “ कार्यक्रम आयोजना गरेको छ ।

‘एक्सप्लोर, लर्न र ग्रो’ को अवधारणा अनुसार सञ्चालन भइरहेको उक्त विद्यालयले गरिरहेका शैक्षिक अभ्यास, बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि तयार गरेको शैक्षिक वातावरणबारे जानकारी दिनका लागि उक्त कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

प्रिस्कूलकी प्रिन्सिपल मन्जु दुवालले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण, विद्यालयले गर्ने विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिन, अभिभावकहरू बीच आपसी भेटघाट गराउन, सम्भावित नयाँ अभिभावक तथा विद्यार्थीहरूलाई विद्यालयको सुविधाहरूसँग परिचित गराउने र कक्षाकोठा अवलोकन संगै समर्पित शिक्षकहरूसँग अनौपचारिक भेटघाट गराउन, आगन्तुकहरूलाई विद्यालयले प्रदान गर्ने उच्च-गुणस्तरको शिक्षा प्रत्यक्ष अनुभव गराउन र विद्यालयको सिकाई अवधारण/दृष्टिकोण वारेमा जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइन् ।

विद्यार्थीहरूले पाठ्यक्रममा समावेश भएका पाठलाई बुझ्न र बुझाउन सहज हुने शैक्षिक सामग्रीबारे विश्लेषण गरेका थिए । विद्यार्थीले गरेका प्रस्तुतिलाई ओपन हाउसमा सहभागी अभिभावक तथा सहभागीले चाखपूर्वक अवलोकन गरेका थिए । सहभागी अभिभावकले विद्यार्थीलाई स्कुलले पाठ्यपुस्तकका अलावा अन्य विषयवस्तुका बारेमा जानकारीका साथ अध्ययन गराएको पाएको बताए ।

उनीहरूले विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइएकोकमा खुसी व्यक्त गरे । सहभागीले विद्यार्थीले निर्धक्कसाथ गरको प्रस्तुतिले आफूहरूको मन छोएको बताए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न थिममा आधारित रहेर तयार गरेका शैक्षिक सामग्रीहरू, स्थानीय औजारहरू, स्थानीय बाजागाजाहरूको प्रदर्शनी गरेका थिए । कार्यक्रममा बालबालिकाहरुको लागि लागि विभिन्न प्रकारका रमाइला आकर्षक स्टलहरूको व्यवस्था गरेको थियो ।

बाउन्सिङ क्यासल, प्ले स्टेशन, फेस पेन्टिङ, फोटो स्टेशन, विभिन्न रमाईला खेलहरू र फुड स्टल समेत रहेको सो कार्यक्रममा विद्यार्थीहरूले नाटक, नृत्य, गीत समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा आगन्तुकहरूमध्ये लक्की ड्र मार्फत १ जना भाग्यशाली आगन्तुकलाई पुरस्कार प्रदान गरिएको थियो ।

Published Date: 17 March 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न