आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत ४ । आज २०८० चैत ४ गते आइतबार, तदअनुसार १७ मार्च २०२४ । आज फागुन शुक्लपक्ष अष्टमी, मृगशिरा नक्षत्र, प्रिति योग, चन्द्र राशिः मिथुन, सूर्योदयः बिहान ०६ः१२ बजे, सूर्यास्त साँझ ०६ः१४

आजको राशिफल

मेष: स्वादिष्ट व्यञ्जनहरुको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यवसायमा वृद्धि हुनेछ ।

वृष: बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु पर्नेछ । काममा मन लाग्ने छैन ।

मिथुन: प्रयास सफल रहने छ । पराक्रम वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

कर्कट: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

सिंह: अप्रत्याशित लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कन्या: अप्रत्याशित खर्च बढ्ने छ । विवादबाट स्वाभिमानमा ठेस लाग्न सक्छ । पुराना रोग बल्झिन सक्छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

वृश्चिक: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । मान–सम्मान पाइने छ ।

धनु: धर्म–कर्ममा रुचि रहने छ । अदालतको कामबाट लाभ मिल्ने छ । लाभको अवसर हात पर्नेछ ।

मकर: यात्रामा हतार नगर्नु होला । शारीरिक कष्टको सम्भावना छ । हाँसो–ठट्टामा हल्कापन नल्याउनु होला ।

कुम्भ: धन हानिको आशंका छ । लेन–देनमा हतार नगर्नु होला । यात्रा मनोरञ्जक रहने छ ।

मीन: रोजगारमा वृद्धि हुनेछ । आम्दानीको नयाँ साधन प्राप्त हुनसक्छ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2024
Website | + posts