भक्तपुरको दत्तात्रयमा यहि चैत २४ गते बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता हुने

भक्तपुरको दत्तात्रयमा यहि चैत २४ गते बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता हुने : Icon Khabar

भक्तपुर, चैत ३ । भक्तपुरको दत्तात्रय स्क्वायरमा यहि चैत २४ गते “बागमती प्रदेश स्तरीय पहिलो धिमेबाजा प्रतियागिता ११४०” हुने भएको छ।

नेवाः समुदायको पहिचानको रुपमा रहेको धिमेबाजा संरक्षण तथा प्रवर्द्वन गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्यसहित सो धिमेबाजा प्रतियोगिता हुन लागेको हो।

केन्दीय मानन्धर संघको आयोजनामा भक्तपुर जिल्ला मानन्धर युवा संघको संयोजना तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा सो प्रतियोगिता हुनलागेको कुरा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जनाकारी गराएको हो।

सो प्रतियोगितामा बागमती प्रदेशमा रहेका नेवाः समुदायबाट करिव ५० वटा धिमेबाजा टोलीको सहभागीता रहने जानकारी दिएको छ । उक्त प्रतियागितामा प्रथम पुरस्कार २ वटा धिमे, २ जोर भुछ्याँ र नगद रु २५ हजार, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भुछ्याँ र नगद रु १५ हजार, तेस्रो हुनेलाई १ वटा धिमे र नगद रु १० हजारबाट पुरस्कृत गरिने र चौथौंदेखि दशौं स्थानसम्मको लागि १, १ जोर भुछ्याँ प्रदान गरिने भएको छ।

प्रतियोगितामा सहभागीताको लागि फारम बुझाउने अन्तिम मिति २०८० चैत्र १६ गते शुक्रबार रहेको छ। सहभागिताको लागि फारम पाइने स्थानहरु काठमाडौँको लागि केन्द्रिय मानन्धर संघ क्षेत्रपाटी, काठमाडौँ सम्पर्क नं: ९८५१०३३२२७, भक्तपुरको लागि मानन्धर व्यायम मन्दिर साकोलान ९८४१२८५६८४, थिमिको लागि टि.भि. प्वाईट शंखधर चोक ९८५१०६७७३० र बनेपाको लागि वांख्यो दाफा भजन खलः बनेपा ९८४१९५८८९६ रहेका छन्।

Published Date: 16 March 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता