दशरथ रंगशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक

दशरथ रंगशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक : Icon Khabar

काठमाडौं, चैत ३ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा युवा तथा खेलकुद मन्त्रालयले खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाएको छ ।

मन्त्रालयले हिजो बिज्ञप्ति जारी गर्दै रंगशाला सञ्चालन सम्बन्धि कार्यविधि जारी नहुँदासम्म रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाउन परिषद्लाई निर्देशन दिएको हो ।

मन्त्रालयले दशरथ रंगशालासहित देशभरका अन्य रंगशालाको सञ्चालनका सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अघि बढेको भन्दै खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार सम्बन्धमा मापदण्ड बनाउने योजना सार्वजनीक गरेको छ ।

रंगशालामा अन्य गतिविधि भएपछि मैदान खेल्न नमिल्ने बनेको हुदा नेपालले विश्वकप छनोट अन्तर्गतको होम म्याच बाहिर खेल्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

Published Date: 16 March 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता