घीउ र तेलमा कुन बढी राम्रो ?

घीउ र तेलमा कुन बढी राम्रो ? : Icon Khabar

काठमाडौं, चैत २ । डाक्टरहरुका अनुसार कोलेस्ट्रोल र बोसोको कारणले नै हाम्रो शरीरमा फ्याट बढ्छ र मुटु सम्बन्धि समस्या हुन्छ ।

घीउ र तेल दुबैमा फ्याट हुन्छ । तरकारी अथवा परौठा बनाउनका लागि प्रायः तेलको प्रयोग गरिन्छ, तर यसलाई शुद्ध घीउमा पनि बनाउन सकिन्छ ।

तेलभन्दा घीउ मंहगो हुन्छ । तर स्वास्थ्यका लागि दुबैमध्ये कुन बढी र सबैभन्दा राम्रो हुन्छ भन्ने बारेमा धेरैलाई जानकारी नहुन सक्छ ।

तेलमा अनस्याचुरेटेड फ्याट हुन्छ, जसले कोलेस्ट्रलको स्तर बढाउँछ । सूर्यमूखीको तेल, अन्य किसिमका बिउ, जैतूनको तेल, सेतो सरस्यूँको तेल र घीउमा अनस्याचुरेटेड फ्याट कम हुन्छ ।

आवश्यकताभन्दा बढी अनस्याचुरेटेड अथवा स्याचुरेटेड फ्याट खानाले धमनीमा बोसो जम्मा हुन थाल्छ । पुरुषले प्रति दिन ३० ग्राम र महिलाहरुले २० ग्राम फ्याटको सेवन गर्नु पर्छ ।

तेलको भूमिका

तेल भिन्दा–भिन्दै कुराले बन्छ । जस्तै बदाम, भटमान, सूर्यमुखी, तोरी, सर्स्र्यँ, जैतून आदि ।

सम्पूर्ण तेलमा पाइने न्यूट्रिएन्टस पनि भिन्दा–भिन्दै हुन्छ । कुनै फाइदाजनक हुन्छ भने कुनै हानिकारक ।

ओलिभ ओयल स्वास्थ्यका लागि उत्कष्ट मानिन्छ भने सर्स्यूँको तेल अत्यन्त खराव ।

घीउका गुण

धेरै मानिसले घीउ र तेलमध्ये एउटा रोज्नु पर्यो भने घीउ नै रोज्छन् ।
घीउ वजन घटाउन पनि सहायक हुन्छ र घीउ मेटोबोलिक रेट बढाउन पनि सहायक हुन्छ ।

घीउ कहिले पनि शरीरमा जम्मा हुँदैन, तर तेल शरीरमा जम्मा भएर कोलेस्ट्रल बढाउँछ ।

घीउमाथि गरिएको सर्वेक्षण अनुसार घीउमा रक्त र आन्द्रामा समावेश कोलेस्ट्रल कम हुन्छ । यस्तो हुनुको कारण घीउबाट बाइलरी लिपिडको स्राव बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 March 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने