आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै

आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : Icon Khabar

काठमाडौं, चैत २ । आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सबन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनैतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

साथै, आ.ब. २०८१-८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Published Date: 15 March 2024


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी