ढुवानी व्यवसायी महासंघको १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते काठमाडौँमा हुने

ढुवानी व्यवसायी महासंघको १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते काठमाडौँमा हुने : Icon Khabar

काठमाडौं, चैत १ । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा यही चैत ३ गते शनिवार काठमाडौंको होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ । साधारण सभाको उद्घाटन कानून,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हुने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए ।

महाधिवेशन तथा वार्षिक साधारणसभामा देशभरबाट तीन सय भन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिहरुको सहभागीता रहने र कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको महासचिव श्रेष्ठले जानकारी दिए।

राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने नारालाई आत्मसात गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको समस्याका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो अहिले महासघका १८ वटा स्थानीय सस्थाहरु समेत आवद्ध रहेका छन् ।

छैठौं महाधिवेशन तथा १५ औ वार्षिक साधारणसभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।

छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा देशभरबाट ढुवानी व्यवसायीहरुका साथै अन्य संघ सस्थाका प्रतिनिधि उद्योगी व्यवसायीहरुको समेत सहभागीता रहने महासंघले जनाएको छ। साथै वार्षिक साधारणसभामा ढुवानी व्यवसायी महासंघ र गण्डकी विश्वविद्यालय बीच ढुवानी क्षेत्रको सम्भावना समस्या र समस्या समाधानका लागि अध्यननका गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने