के सुशान्त सिंह राजपूतको केस फाइल पुन: खोलिएला ?

के सुशान्त सिंह राजपूतको केस फाइल पुन: खोलिएला ? : Icon Khabar

मुम्बई, चैत १ । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी दिदी श्वेता सिंह कीर्तिले प्रधानमन्त्री नरेन्द्र मोदीसंग सम्पर्क गरेर आफ्ना भाइको मृत्युको बारेमा केन्द्रिय जाँच ब्यूरो (सीबीआई) को अनुसन्धानमा तिब्रता ल्याउनका लागि हस्तक्षेप गर्न आग्रह गरेकी छिन् ।

एउटा भिडियोमार्फत दिइएको अभिव्यक्तिमा श्वेताले सुशान्तको निधनदेखि ४५ महिना लामो अवधिका बारेमा प्रकाश पार्दै अनुसन्धान एजेन्सीबाट भएको अपडेटको कमीमा अफशोस व्यक्त गरेकी छिन् ।

श्वेताका अनुसार प्रधानमन्त्री मोदीको साथले केवल अनुसन्धानमा तिव्रता आउनेमात्र नभएर केसका लागि दुःखी भएका प्रशंसकका मन– मस्तिष्कलाई सान्त्वना प्राप्त हुनेछ ।

भिडियो शेयर गर्दै उनले क्याप्शनमा लेखेकी छिन्– ‘मेरो भाइले हामीलाई छाडेर गएको ४५ महिना भइसकेको छ । हामी आज पनि जवाफको खोजिमा छौँ, पीएम मोदीजी कृपया हामीलाई सहयोग गर्नुहोस् र यो अनुसन्धानमा सीबीआई कहाँसम्म पुग्यो भन्ने कुराको बारेमा पत्ता लगाउनु होस् । हाम्रो अपील छ, सुशान्तका लागि न्याय अड्किरहेको छ । यो केसप्रति तपाईँले ध्यान दिनाले हामीलाई सीबीआईले आफ्नो अनुसन्धान कहाँ पुर्यायो भन्ने कुरा पत्ता लगाउन सहयोग हुनेछ । यसबाट हामी हाम्रो न्याय व्यवस्थामा अटूट विश्वास उत्पन्न गर्नमा पनि सहयोग प्राप्त हुनेछ । यसले ती सबैको मनलाई राहत दिनेछ, जसले अहिलेसम्म सुशान्तको मृत्युको बारेमा कुनै जवाफ पाएका छैनन् र जसले सुशान्तको न्यायका लागि दिनहुँ प्रार्थना गरिरहेका छन् । तपाईँसंग हाम्रो उपेक्षा रहेको छ । सुशान्तसंग जून १४ मा के भएको थियो भन्ने कुरा फ्यानहरु पनि थाहा पाउन चाहन्छन् ।’

यसअघि पनि श्वेताले सीबीआईको अनुसन्धानमा प्रश्न उठाएकी थिइन् । श्वेता भन्छिन् – ‘म अहिलेसम्म भाइको फ्ल्याटमा गएकी पनि छैन । फ्ल्याट मालिकले पनि आफूलाई वास्तविकता के हो भन्ने कुरा थाहा नभएको बताएका छन् । कसैले स्वंयलाई फाँसी लगाउन मिल्ने किसिमको बेड र पंखाबीचमा यति स्पेस थिएन । यसबाहेक अपार्टमेन्ट छाड्दा फ्ल्याट मालिकलाई साँचो फिर्ता गरियो, तर त्यो कोठा, जहाँ घटना घटेको थियो, त्यसको साँचो गायब थियो ।’

Published Date: 14 March 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग