के सुशान्त सिंह राजपूतको केस फाइल पुन: खोलिएला ?

के सुशान्त सिंह राजपूतको केस फाइल पुन: खोलिएला ? : Icon Khabar

मुम्बई, चैत १ । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी दिदी श्वेता सिंह कीर्तिले प्रधानमन्त्री नरेन्द्र मोदीसंग सम्पर्क गरेर आफ्ना भाइको मृत्युको बारेमा केन्द्रिय जाँच ब्यूरो (सीबीआई) को अनुसन्धानमा तिब्रता ल्याउनका लागि हस्तक्षेप गर्न आग्रह गरेकी छिन् ।

एउटा भिडियोमार्फत दिइएको अभिव्यक्तिमा श्वेताले सुशान्तको निधनदेखि ४५ महिना लामो अवधिका बारेमा प्रकाश पार्दै अनुसन्धान एजेन्सीबाट भएको अपडेटको कमीमा अफशोस व्यक्त गरेकी छिन् ।

श्वेताका अनुसार प्रधानमन्त्री मोदीको साथले केवल अनुसन्धानमा तिव्रता आउनेमात्र नभएर केसका लागि दुःखी भएका प्रशंसकका मन– मस्तिष्कलाई सान्त्वना प्राप्त हुनेछ ।

भिडियो शेयर गर्दै उनले क्याप्शनमा लेखेकी छिन्– ‘मेरो भाइले हामीलाई छाडेर गएको ४५ महिना भइसकेको छ । हामी आज पनि जवाफको खोजिमा छौँ, पीएम मोदीजी कृपया हामीलाई सहयोग गर्नुहोस् र यो अनुसन्धानमा सीबीआई कहाँसम्म पुग्यो भन्ने कुराको बारेमा पत्ता लगाउनु होस् । हाम्रो अपील छ, सुशान्तका लागि न्याय अड्किरहेको छ । यो केसप्रति तपाईँले ध्यान दिनाले हामीलाई सीबीआईले आफ्नो अनुसन्धान कहाँ पुर्यायो भन्ने कुरा पत्ता लगाउन सहयोग हुनेछ । यसबाट हामी हाम्रो न्याय व्यवस्थामा अटूट विश्वास उत्पन्न गर्नमा पनि सहयोग प्राप्त हुनेछ । यसले ती सबैको मनलाई राहत दिनेछ, जसले अहिलेसम्म सुशान्तको मृत्युको बारेमा कुनै जवाफ पाएका छैनन् र जसले सुशान्तको न्यायका लागि दिनहुँ प्रार्थना गरिरहेका छन् । तपाईँसंग हाम्रो उपेक्षा रहेको छ । सुशान्तसंग जून १४ मा के भएको थियो भन्ने कुरा फ्यानहरु पनि थाहा पाउन चाहन्छन् ।’

यसअघि पनि श्वेताले सीबीआईको अनुसन्धानमा प्रश्न उठाएकी थिइन् । श्वेता भन्छिन् – ‘म अहिलेसम्म भाइको फ्ल्याटमा गएकी पनि छैन । फ्ल्याट मालिकले पनि आफूलाई वास्तविकता के हो भन्ने कुरा थाहा नभएको बताएका छन् । कसैले स्वंयलाई फाँसी लगाउन मिल्ने किसिमको बेड र पंखाबीचमा यति स्पेस थिएन । यसबाहेक अपार्टमेन्ट छाड्दा फ्ल्याट मालिकलाई साँचो फिर्ता गरियो, तर त्यो कोठा, जहाँ घटना घटेको थियो, त्यसको साँचो गायब थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2024
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता