आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन २८ । आज २०८० फागुन २८ गते सोमवार, तद्अनुसार ११ मार्च २०२४ । आज फागुन शुक्ल प्रतिपदा (११ः०३ बजेसम्म), ग्याल्पो ल्होसार, सूर्योदयः बिहान ६ः१७ बजे, सूर्यास्तः साँझ १८ः१० बजे ।

आजको राशिफल

मेष: बिग्रिएको काम बन्ने छ । लगानीले लाभ दिनेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ ।

वृष: धार्मिक समारोहमा भाग लिने अवसर प्राप्त हुनसक्छ । सत्सङको लाभ पाइने छ ।

मिथुन: सवारीसाधन, मेशीनरी अथवा आगोको प्रयोगमा सावधानी अपनाउनु होला । अप्रत्याशित खर्च बढ्ने छ । जोखिमपूर्ण नगर्नु होला ।

कर्कट: बोलीमा शब्दहरुको प्रयोग सोच–विचार गरेर गर्नु होला । प्रतिद्वन्दितामा कमी हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: स्थायी सम्पत्तिको कारोबारले ठूलो लाभ दिनसक्छ । मन पर्ने रोजगार पाइने छ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

कन्या: कुनै मांगलिक कार्य आयोजना हुनसक्छ । स्वादिष्ट व्यञ्जनहरुको मज्जा लिनु हुने छ । यात्रा लाभदायक रहने छ ।

तुला: शत्रुहरु शान्त रहने छन् । व्यापार–व्यवसायमा लाभ हुनेछ । थकान तथा कमजोरी हुनसक्छ ।

वृश्चिक: बनिसकेको काममा वाधा उत्पन्न हुनेछ । थोरै प्रयासबाटै कार्यसिद्धि हुनाले प्रसन्नता रहने छ । लगानीबाट फाइदा हुनेछ ।

धनु: हतार तथा लापरवाहीबाट हानि हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । लाभ हुनेछ ।

मकर: व्यवसायिक यात्रा लाभदायक रहने छ । आम्दानीमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कुम्भ: आँखालाई चोट अथवा रोगबाट बचाउनु होला । बोलीमा नियन्त्रण आवश्यक छ । सहकर्मीबाट सहयोग पाइने छैन ।

मीन: भाग्य अनुकूल छ, हतार नगर्नु होला । यात्रा मनोनुकूल रहने छ । रोकिएको धन प्राप्त हुनेछ ।

Published Date: 11 March 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी