सुनको आयात ५५ प्रतिशतले घट्यो

सुनको आयात ५५ प्रतिशतले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन २१ । चालु आर्थिक वर्षको सात महिनामा सुनको आयात ५५ प्रतिशतले घटेको छ ।

बजारमा माग कम हुँदा सुनको आयातमा उल्लेख्य कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा १३ अर्ब ४७ करोड २९ लाख ३२ हजार रुपियाँको ८२१ किलो सुन आयात भएको छ ।

गत वर्ष सो अवधिमा ३१ अर्ब २७ करोड ५५ लाख रुपियाँका एक हजार २५ किलो सुन आयात भएको छ । सुनको आयात कम हुँदा राजस्व सङ्कलनमा समेत कमी आएको छ ।

Published Date: 04 March 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता