आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन २० । आज २०८० फागुन २० गते आइतबार, तद्अनुसार मार्च ३, २०२४ । आज फागुन कृष्ण पक्षको सप्तमी (९ बजेसम्मे), त्यसपछि अष्टमी तिथि, अनुराधा नक्षत्र, हर्षण योग, चन्द्र राशिः वृश्चिक, सूर्योदय बिहानः ६ः२७ बजे, सूर्यास्त साँझ १८ः०६ बजे ।

आजको राशिफल

मेष: कम प्रयासमै कार्यसिद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृष: शत्रुबाट सावधान रहनु होला, हानि पुर्याउन सक्छन् । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । विवेकको प्रयोग गर्नु होला, लाभ हुनेछ ।

मिथुन: हतारमा कुनै पनि लेन–देन नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

कर्कट: भाग्यको साथ मिल्ने छ । कुनै अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । नकारात्मकता रहने छ ।

सिंह: शत्रु शान्त रहने छन् । धन लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

कन्या: सन्तान पक्षबाट स्वास्थ्‍य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन ।

तुला: थकान तथा कमजोरी रहन सक्छ । स्वास्थ्‍यमा ध्यान दिनु पर्नेछ । धर्म–कर्ममा रुचि रहने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा नहतारिनु होला । विवाद हुनसक्छ । नकारात्मकता रहन सक्छ ।

धनु: कानूनी वाधा सम्भव छ । हल्का ठट्टा गर्नबाट बच्नु होला । जीवनसाथीको सहयोग प्राप्त हुनेछ ।

मकर: अपमान हुने कुनै पनि कार्य नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । सुखका साधनमा खर्च हुनेछ ।

कुम्भ: मनोरञ्जक यात्राको आयोजना हुनसक्छ । कुनै आनन्दोत्सवमा भाग लिने अवसर प्राप्त हुनसक्छ । साथीभाइ अथवा आफन्तसंग समय राम्रो व्यतीत हुनेछ ।

मीन: आज भाग्यको साथ पाइने छ । अरुको काममा हस्तक्षेप नगर्नु होला । अपेक्षित कार्यमा विलम्ब हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2024
Website | + posts