आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन २० । आज २०८० फागुन २० गते आइतबार, तद्अनुसार मार्च ३, २०२४ । आज फागुन कृष्ण पक्षको सप्तमी (९ बजेसम्मे), त्यसपछि अष्टमी तिथि, अनुराधा नक्षत्र, हर्षण योग, चन्द्र राशिः वृश्चिक, सूर्योदय बिहानः ६ः२७ बजे, सूर्यास्त साँझ १८ः०६ बजे ।

आजको राशिफल

मेष: कम प्रयासमै कार्यसिद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृष: शत्रुबाट सावधान रहनु होला, हानि पुर्याउन सक्छन् । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । विवेकको प्रयोग गर्नु होला, लाभ हुनेछ ।

मिथुन: हतारमा कुनै पनि लेन–देन नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

कर्कट: भाग्यको साथ मिल्ने छ । कुनै अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । नकारात्मकता रहने छ ।

सिंह: शत्रु शान्त रहने छन् । धन लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

कन्या: सन्तान पक्षबाट स्वास्थ्‍य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन ।

तुला: थकान तथा कमजोरी रहन सक्छ । स्वास्थ्‍यमा ध्यान दिनु पर्नेछ । धर्म–कर्ममा रुचि रहने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा नहतारिनु होला । विवाद हुनसक्छ । नकारात्मकता रहन सक्छ ।

धनु: कानूनी वाधा सम्भव छ । हल्का ठट्टा गर्नबाट बच्नु होला । जीवनसाथीको सहयोग प्राप्त हुनेछ ।

मकर: अपमान हुने कुनै पनि कार्य नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । सुखका साधनमा खर्च हुनेछ ।

कुम्भ: मनोरञ्जक यात्राको आयोजना हुनसक्छ । कुनै आनन्दोत्सवमा भाग लिने अवसर प्राप्त हुनसक्छ । साथीभाइ अथवा आफन्तसंग समय राम्रो व्यतीत हुनेछ ।

मीन: आज भाग्यको साथ पाइने छ । अरुको काममा हस्तक्षेप नगर्नु होला । अपेक्षित कार्यमा विलम्ब हुनसक्छ ।

Published Date: 03 March 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न