तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा झौखेल युनाइटेड र द राइजिङ्ग बुङ्गा युवा क्लब विजयी

तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा झौखेल युनाइटेड र द राइजिङ्ग बुङ्गा युवा क्लब विजयी : Icon Khabar

भक्तपुर, फागुन १९ । भक्तपुर युवा टीमको आयोजनामा शुक्रबारदेखि सुरू भएको तेश्रो भक्तपुर कप २०८० आज पनि चालु रहयो।
आज दोश्रो दिनमा दुईवटा खेलहरु सम्पन्न भए।

दोश्रो दिन झौखेल युनाइटेड र श्रीजनानगर फूटबल क्लबबीच भएको खेलमा झौखेल युनाइटेडले श्रीजनानगर फूटबल क्लबलाई ४-१ ले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेको छ।

सो खेलमा झौखेल युनाइटेडका जर्सी नं २ का सन्जोग महर्जन उत्कृष्ट घोषित भए भने श्रीजनानगर फूटबल क्लबका जर्सी नं २० का गोलकिपर जित घले उदयीमान खेलाडी घोषित भए।

आजै द राइजिङ्ग बुङ्गा युवा क्लब र भक्तपुर नगरपालिकाबीच भएको खेल बराबरी भएर पेनाल्टी सूट आउटमा द राइजिङ्ग बुङ्गा युवा क्लबले भक्तपुर नगरपालिकालाई ३-१ गोलले पराजित गर्यो।

सो खेलमा द राइजिङ्ग बुङ्गा युवा क्लबका कपिल प्रजापति उत्कृष्ट घोषित भए भने भक्तपुर नगरपालिकाका रूजल कवां उदयीमान खेलाडी घोषित भए।

खेल भोलि पनि जारी रहनेछ।

Published Date: 02 March 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक