तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा झौखेल युनाइटेड र द राइजिङ्ग बुङ्गा युवा क्लब विजयी

तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा झौखेल युनाइटेड र द राइजिङ्ग बुङ्गा युवा क्लब विजयी : Icon Khabar

भक्तपुर, फागुन १९ । भक्तपुर युवा टीमको आयोजनामा शुक्रबारदेखि सुरू भएको तेश्रो भक्तपुर कप २०८० आज पनि चालु रहयो।
आज दोश्रो दिनमा दुईवटा खेलहरु सम्पन्न भए।

दोश्रो दिन झौखेल युनाइटेड र श्रीजनानगर फूटबल क्लबबीच भएको खेलमा झौखेल युनाइटेडले श्रीजनानगर फूटबल क्लबलाई ४-१ ले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेको छ।

सो खेलमा झौखेल युनाइटेडका जर्सी नं २ का सन्जोग महर्जन उत्कृष्ट घोषित भए भने श्रीजनानगर फूटबल क्लबका जर्सी नं २० का गोलकिपर जित घले उदयीमान खेलाडी घोषित भए।

आजै द राइजिङ्ग बुङ्गा युवा क्लब र भक्तपुर नगरपालिकाबीच भएको खेल बराबरी भएर पेनाल्टी सूट आउटमा द राइजिङ्ग बुङ्गा युवा क्लबले भक्तपुर नगरपालिकालाई ३-१ गोलले पराजित गर्यो।

सो खेलमा द राइजिङ्ग बुङ्गा युवा क्लबका कपिल प्रजापति उत्कृष्ट घोषित भए भने भक्तपुर नगरपालिकाका रूजल कवां उदयीमान खेलाडी घोषित भए।

खेल भोलि पनि जारी रहनेछ।

Published Date: 02 March 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय