शर्मिला वाइबा चार दिन थुनामा रहनुपर्ने, म्याकुरी र सुम्निमा पुगे सम्बन्धविच्छेद गर्ने टुंगाेमा

शर्मिला वाइबा चार दिन थुनामा रहनुपर्ने, म्याकुरी र सुम्निमा पुगे सम्बन्धविच्छेद गर्ने टुंगाेमा : Icon Khabar

काठमाडौँ, फागुन १७ । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि हातपात गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबा चार दिन थुनामा रहनुपर्ने भएकाे छ । काठमाडाैं जिल्ला अदालतले वाइबालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे छ ।

बेलाबेला विवादमा परिरहने शर्मिला वाइबालाई बुधबार सिन्धुपाल्चोक प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा बाह्रबिसेबाट पक्राउ गरेकाे थियाे। आफूलाई सामाजिक अभियन्ता बताउने वाइबाले पछिल्लो समय म्याकुरी नामले परिचित कलाकार पवन खतिवडा र उनकी बहिनी गंगामाथि घरभित्रै पुगेर कुटपिट गरेका थिए ।

त्यसपछि पवन र सुम्निमा खालिङले बेग्ला बेग्लै पत्रकार सम्मलेन गरिरहेका थिए । उनीहरूको विवाद यतिबेला देशकै चर्चाको विषय बनिरहेको छ । लामाे समयकाे विवादपछि पवन र सुम्निमा सम्बन्धविच्छेद गर्ने टुंगाेमा पुगेका छन् । उनीहरू आइतबार अदालतमा नै पुगेर सम्बन्धविच्छेदकाे मुद्दा दर्ता गर्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 February 2024
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न