शर्मिला वाइबा चार दिन थुनामा रहनुपर्ने, म्याकुरी र सुम्निमा पुगे सम्बन्धविच्छेद गर्ने टुंगाेमा

शर्मिला वाइबा चार दिन थुनामा रहनुपर्ने, म्याकुरी र सुम्निमा पुगे सम्बन्धविच्छेद गर्ने टुंगाेमा : Icon Khabar

काठमाडौँ, फागुन १७ । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि हातपात गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबा चार दिन थुनामा रहनुपर्ने भएकाे छ । काठमाडाैं जिल्ला अदालतले वाइबालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे छ ।

बेलाबेला विवादमा परिरहने शर्मिला वाइबालाई बुधबार सिन्धुपाल्चोक प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा बाह्रबिसेबाट पक्राउ गरेकाे थियाे। आफूलाई सामाजिक अभियन्ता बताउने वाइबाले पछिल्लो समय म्याकुरी नामले परिचित कलाकार पवन खतिवडा र उनकी बहिनी गंगामाथि घरभित्रै पुगेर कुटपिट गरेका थिए ।

त्यसपछि पवन र सुम्निमा खालिङले बेग्ला बेग्लै पत्रकार सम्मलेन गरिरहेका थिए । उनीहरूको विवाद यतिबेला देशकै चर्चाको विषय बनिरहेको छ । लामाे समयकाे विवादपछि पवन र सुम्निमा सम्बन्धविच्छेद गर्ने टुंगाेमा पुगेका छन् । उनीहरू आइतबार अदालतमा नै पुगेर सम्बन्धविच्छेदकाे मुद्दा दर्ता गर्ने भएका हुन् ।

Published Date: 29 February 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग