त्रिविको स्नातकोत्तर तहमा कम विद्यार्थीहरू भर्ना भएपछि पुन: प्रवेश परीक्षा हुँदै

त्रिविको स्नातकोत्तर तहमा कम विद्यार्थीहरू भर्ना भएपछि पुन: प्रवेश परीक्षा हुँदै : Icon Khabar

काठमाडौँ, फागुन १५ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो ।

कम विद्यार्थीहरू भर्ना भएपछि डीनको कार्यालयले पुनः प्रवेश परीक्षा गर्न लागेको जनाएको छ ।त्यसका लागि आवेदन फारम आजदेखि फागुन २३ गते राति १२ बजेसम्म भर्न सकिने डीनको कार्यालयले जनाएको छ । स्नातकोत्तर तह र अधिस्नातकको पुनः प्रवेश परीक्षा फागुन २६ गते हुनेछ ।

आवेदन दस्तुर ३ हजार रूपैयाँ अनलाइन मार्फत नै बुझाउनुपर्नेछ । प्रवेश परीक्षामा सम्बन्धित विषयको स्नातक तहको पाठ्यक्रमका आधारमा बहुवैकल्पिक प्रश्नहरू ५० सोधिनेछन् । प्रवेश परीक्षाको नतिजा फागुन २९ गते प्रकाशन गरिनेछ ।

यसअघि पहिलो चरणमा प्रवेश परीक्षा भएर विद्यार्थीको पठनपाठन समेत सुरू भइसकेको छ ।

Published Date: 27 February 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै