लिभरपुलले चेल्सीलाई पराजित गर्दै जित्यो इएफएल कपको उपाधि

लिभरपुलले चेल्सीलाई पराजित गर्दै जित्यो इएफएल कपको उपाधि : Icon Khabar

काठमाडौं, फागुन १४ । कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मदतमा लिभरपुलले चेल्सीलाई १-० ले पराजित गर्दै इएफएल कपको उपाधि जितेको छ ।

आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेलमा लिभरपुललाई जिताउन भान डाइकले ११८औं मिनेटमा गोल गरे ।

त्यसअछि भान डाइकले ६०औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिंदा लिभरपुल अग्रता लिनबाट बन्चित भएको थियो । तर अतिरिक्त समयमको खेल सकिन दुई मिनेट बाँकी छँदा भान डाइकले नै विजयी गोल गरे ।

लिभरपुलले दशौं पटक इएफएल कपको उपाधि जितेको हो । लिभरपुलले नै यो उपाधि सर्वाधिक जित्ने टिम समेत हो । लिभरपुलपछि म्यानचेष्टर सिटीले ८ तथा म्यानचेष्टर युनाइटेडले ६ पटक इएफएल कप जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2024
Website | + posts






ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न