लिभरपुलले चेल्सीलाई पराजित गर्दै जित्यो इएफएल कपको उपाधि

लिभरपुलले चेल्सीलाई पराजित गर्दै जित्यो इएफएल कपको उपाधि : Icon Khabar

काठमाडौं, फागुन १४ । कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मदतमा लिभरपुलले चेल्सीलाई १-० ले पराजित गर्दै इएफएल कपको उपाधि जितेको छ ।

आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेलमा लिभरपुललाई जिताउन भान डाइकले ११८औं मिनेटमा गोल गरे ।

त्यसअछि भान डाइकले ६०औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिंदा लिभरपुल अग्रता लिनबाट बन्चित भएको थियो । तर अतिरिक्त समयमको खेल सकिन दुई मिनेट बाँकी छँदा भान डाइकले नै विजयी गोल गरे ।

लिभरपुलले दशौं पटक इएफएल कपको उपाधि जितेको हो । लिभरपुलले नै यो उपाधि सर्वाधिक जित्ने टिम समेत हो । लिभरपुलपछि म्यानचेष्टर सिटीले ८ तथा म्यानचेष्टर युनाइटेडले ६ पटक इएफएल कप जितेका छन् ।

Published Date: 26 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास