आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन १४ । आज २०८० फागुन १४ गते सोमबार, तद्अनुसार २६ फेब्रुअरी २०२४ । आज फागुन कृष्णपक्षको द्वितीया तिथि, हस्ता नक्षत्र, घृति योग, यो अति शुभ फलदायक योग हो, जसमा गृह आरम्भ कार्यमा विशेष सफलता मिल्छ, सूर्योदय बिहानः ६ः३२ बजे, सूर्यास्त साँझ १८ः०३ बजे ।

आजको राशिफल

मेष: व्यर्थको भागदौड़बाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति विगतको तुलनामा मजबूत हुनेछ ।

वृष: आर्थिक स्थितिमा हुनेछ । रोकिएका कार्यमा प्रगति हुनेछ । स्वास्थ्यको दृष्टिकोणले अहिलेको समय राम्रो छैन ।

मिथुन: आजको दिन निकै राम्रो सावित हुनेछ । आज केही राम्रा तथा केही नराम्रा चिजको सामना गर्नु पर्ने हुनसक्छ । तपाईँको सक्रियताले रोकिएका कार्य पुरा हुनेछन् ।

कर्कट: आजको दिन निकै आक्रामक हुने सम्भावना छ । तपाईँको उद्देश्य निकै स्पष्ट हुनेछ । कार्यालय तथा घरमा सबै काम सही तरिकाले गर्न सफल हुनेछ ।

सिंह: आजको दिन सुखद रहने छ । महत्वपूर्ण व्यक्तिसंग भेटघाट हुनेछ । रोकिएको धन प्राप्त हुनेछ ।

कन्या: आजको दिन सामान्यभन्दा निम्न रहने छ । कार्यस्थान प्रतिस्पर्धी रहने छ । पराक्रमका साथ बिग्रिएको कार्यसमेत सफलतापूर्वक पुरा हुनेछन् ।

तुला: परिवारसंग सुखद समय व्यतित हुनेछ । हर्षोल्लासको वातावरण बन्ने छ । मान–सम्मान पाइने छ ।

वृश्चिक: आफ्नो क्रोधलाई नियन्त्रण गर्नु होला । हतार गर्दा हानि हुनसक्छ । सन्तानका लागि समेत अहिलको समय हितकारी छैन ।

धनु: त्यस्तो कुनै काम नगर्नु होला, जुन तपाईँलाई बोझ लाग्ने छ । अनावश्यक विवाद हुनसक्छ । नजिकका व्यक्तिका कारण समस्या पर्न सक्नु हुनेछ, सावधान रहनु होला ।

मकर: यात्रामा सावधानी अपनाउनु पर्नेछ । धार्मिक कार्यमा समय बित्ने छ । समाजसेवामा रुची बढ्ने छ ।

कुम्भ: आफ्ना परिचितसंगै लेनदेनमा सावधानी अपनाउनु होला । घर–सवारीसाधनमा खर्च हुने सम्भावना छ । यात्रा सुखद रहने छ ।

मीन: बिग्रिएका काम बन्ने छन् । व्यापारमा सचेत रहनु होला । कार्यस्थलमा साथीहरुको सहयोग पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2024
Website | + posts