आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन १४ । आज २०८० फागुन १४ गते सोमबार, तद्अनुसार २६ फेब्रुअरी २०२४ । आज फागुन कृष्णपक्षको द्वितीया तिथि, हस्ता नक्षत्र, घृति योग, यो अति शुभ फलदायक योग हो, जसमा गृह आरम्भ कार्यमा विशेष सफलता मिल्छ, सूर्योदय बिहानः ६ः३२ बजे, सूर्यास्त साँझ १८ः०३ बजे ।

आजको राशिफल

मेष: व्यर्थको भागदौड़बाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति विगतको तुलनामा मजबूत हुनेछ ।

वृष: आर्थिक स्थितिमा हुनेछ । रोकिएका कार्यमा प्रगति हुनेछ । स्वास्थ्यको दृष्टिकोणले अहिलेको समय राम्रो छैन ।

मिथुन: आजको दिन निकै राम्रो सावित हुनेछ । आज केही राम्रा तथा केही नराम्रा चिजको सामना गर्नु पर्ने हुनसक्छ । तपाईँको सक्रियताले रोकिएका कार्य पुरा हुनेछन् ।

कर्कट: आजको दिन निकै आक्रामक हुने सम्भावना छ । तपाईँको उद्देश्य निकै स्पष्ट हुनेछ । कार्यालय तथा घरमा सबै काम सही तरिकाले गर्न सफल हुनेछ ।

सिंह: आजको दिन सुखद रहने छ । महत्वपूर्ण व्यक्तिसंग भेटघाट हुनेछ । रोकिएको धन प्राप्त हुनेछ ।

कन्या: आजको दिन सामान्यभन्दा निम्न रहने छ । कार्यस्थान प्रतिस्पर्धी रहने छ । पराक्रमका साथ बिग्रिएको कार्यसमेत सफलतापूर्वक पुरा हुनेछन् ।

तुला: परिवारसंग सुखद समय व्यतित हुनेछ । हर्षोल्लासको वातावरण बन्ने छ । मान–सम्मान पाइने छ ।

वृश्चिक: आफ्नो क्रोधलाई नियन्त्रण गर्नु होला । हतार गर्दा हानि हुनसक्छ । सन्तानका लागि समेत अहिलको समय हितकारी छैन ।

धनु: त्यस्तो कुनै काम नगर्नु होला, जुन तपाईँलाई बोझ लाग्ने छ । अनावश्यक विवाद हुनसक्छ । नजिकका व्यक्तिका कारण समस्या पर्न सक्नु हुनेछ, सावधान रहनु होला ।

मकर: यात्रामा सावधानी अपनाउनु पर्नेछ । धार्मिक कार्यमा समय बित्ने छ । समाजसेवामा रुची बढ्ने छ ।

कुम्भ: आफ्ना परिचितसंगै लेनदेनमा सावधानी अपनाउनु होला । घर–सवारीसाधनमा खर्च हुने सम्भावना छ । यात्रा सुखद रहने छ ।

मीन: बिग्रिएका काम बन्ने छन् । व्यापारमा सचेत रहनु होला । कार्यस्थलमा साथीहरुको सहयोग पाइने छ ।

Published Date: 26 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय