कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष हुनुपर्नेमा सांसदहरुको जोड

कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष हुनुपर्नेमा सांसदहरुको जोड : Icon Khabar

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनुपर्नेमा जोड दिएका छन् । आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भेला भएका उनीहरुले कांग्रेसभित्रबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताए । राष्ट्रिय सभा दिगो विकास तथा सुशसान समितिका सभापति प्रकाश पन्थले अध्यक्षमा कांग्रेसको दावी रहने उल्लेख गर्दै प्रतिनिधि सभाभन्दा राष्ट्रिय सभा फरक भएकाले विधि र विधेयकमै राष्ट्रिय सभा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटाले आफूहरुले सँधै राष्ट्रिय सभालाई राम्रो बनाउनेमा केन्द्रीत भएको जानकारी दिइन् । कांग्रेस नेता एवम राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले अन्य पार्टीहरुको भन्दा कांग्रेसको दायित्व बढी भएकाले जनताप्रति समर्पित भएर काम र्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वहालवाला राष्ट्रिय सभा सदस्य कमला पन्त, अनिता देवकोटा, कृष्णप्रसाद पौडेल, दुर्गा कुमारी गुरुङ, नारायणदत्त मिश्र र युवराज शर्माले संसदीय अनुभव सुनाए । त्यस्तै नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरु सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुनेगरी निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता जनाए ।

Published Date: 25 February 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय