कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष हुनुपर्नेमा सांसदहरुको जोड

कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष हुनुपर्नेमा सांसदहरुको जोड : Icon Khabar

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनुपर्नेमा जोड दिएका छन् । आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भेला भएका उनीहरुले कांग्रेसभित्रबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताए । राष्ट्रिय सभा दिगो विकास तथा सुशसान समितिका सभापति प्रकाश पन्थले अध्यक्षमा कांग्रेसको दावी रहने उल्लेख गर्दै प्रतिनिधि सभाभन्दा राष्ट्रिय सभा फरक भएकाले विधि र विधेयकमै राष्ट्रिय सभा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटाले आफूहरुले सँधै राष्ट्रिय सभालाई राम्रो बनाउनेमा केन्द्रीत भएको जानकारी दिइन् । कांग्रेस नेता एवम राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले अन्य पार्टीहरुको भन्दा कांग्रेसको दायित्व बढी भएकाले जनताप्रति समर्पित भएर काम र्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वहालवाला राष्ट्रिय सभा सदस्य कमला पन्त, अनिता देवकोटा, कृष्णप्रसाद पौडेल, दुर्गा कुमारी गुरुङ, नारायणदत्त मिश्र र युवराज शर्माले संसदीय अनुभव सुनाए । त्यस्तै नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरु सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुनेगरी निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2024
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने