त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त : Icon Khabar

काठमाडौं, फागुन १० । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् । प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन् । सिफारिस समिति स्रोतका अनुसार विभिन्न मापदण्डको आधारमा दिइएको अंकमा बुढाथोकी २ अंकले अगाडि थिए ।

उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

पोखरा विश्वविद्यालयलाई विस्तार गर्ने श्रेय बराललाई जान्छ । निश्चित शहरका २३ वटा सम्बन्धन प्राप्त कलेजलाई बढाएर उनले ५४ मा पुर्‍याएका थिए । उनले नर्सिङ, स्नातक तहको इलेक्ट्रिकल, इलेक्ट्रोनिक इन्जियिरिङ जस्ता शैक्षिक कार्यक्रम सुरु गराए ।

फर्मास्युटिकल साइन्स, मेडिकल ल्याब टेक्नोलोजी र नर्सिङ अध्यापन सुरु गराउँदा आकर्षक पारिश्रामिक दिएर अध्यापक ल्याए । त्यही क्रममा उनीमाथि स्केलभन्दा बढी तलब खुवाउनकै लागि कार्यक्रम चलाउन स्वीकृति दिएको आरोप लाग्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा समेत हालेको थियो, यद्यपि उनले सफाइ पाए ।

बरालसँगै काम गरेका एक कर्मचारी भन्छन्, ‘पछिल्लो उपकुलपतिहरुको कार्यशैली हेर्दा राजनीतिक नियुक्ति लिएर आए पनि उहाँले विश्वविद्यालयलाई उचाइमा पुर्‍याएर छोड्नुभएको महसुस हुन्छ ।’

तर त्यही कारण त्रिविमा पनि उनी नै उपयुक्त भन्न नसकिने एक प्राध्यापक बताउँछन् । ती प्राध्यापक भन्छन्, ‘त्रिवि ठूलो संस्था हो, उहाँको उमेर पनि पाको हुँदै गएकाले त्यही गतिमा काम गर्न सक्नुहोला भन्ने लागेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 February 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू