आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन १० । आज २०८० फागुन १० गते बिहीबार, तद्अनुसार फेब्रुअरी २२, २०२४ । आज माघ शुक्ल पक्ष त्रयोदशी, पुष्य नक्षत्र, शोभन योग, कर्कट राशिमा चन्द्रमा, सूर्योदय बिहान ६ः३७ बजे, सूर्यास्त साँझ ६ बजे ।

आजको राशिफल

मेष: कम प्रयासमै कार्यसिद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृष: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । लगानी शुभ रहने छ । लाभ हुनेछ ।

मिथुन: हतारमा कुनै पनि प्रकारको लेन–देन नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु होला । अप्रत्याशित लाभ हुनसक्छ ।

कर्कट: भाग्यको साथ रहने छ । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । नकारात्मकता रहने छ ।

सिंह: शत्रु शान्त रहने छन् । धनलाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

कन्या: सन्तान पक्षको स्वास्थ्‍य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । नयाँ योजना बन्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

तुला: थकान तथा कमजोरी रहन सक्छ । धर्म–कर्ममा रुचि रहने छ । कुनै धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनसक्छ ।

वृश्चिक: कुनै पनि काममा हतार नगर्नु होला । विवाद हुनसक्छ । लेन–देनमा सावधानी अपनाउनु होला ।

धनु: कानूनी वाधाको सम्भावना छ । धन हानि कुनै पनि तरिकाले हुन सक्ने छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ ।

मकर: स्वास्थ्यमा ध्यान दिनु होला । चिन्ता तथा तनाव रहने छ । प्रोपर्टीको कामले ठूलो लाभ दिनसक्छ ।

कुम्भ: आँखालाई रोग तथा चोटबाट बचाउनु होला । लेन–देनमा हतार नगर्नु होला । मनोरञ्जक यात्रा आयोजना हुनसक्छ ।

मीन: आज भाग्यको साथ पाइने छ । जोखिम नलिनु होला । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

Published Date: 22 February 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता