आफ्नो नाममा फर्जी एकाउन्ट बनाइएपछि अभिनेत्री विद्या बालनले दिईन् प्रहरीमा उजुरी

आफ्नो नाममा फर्जी एकाउन्ट बनाइएपछि अभिनेत्री विद्या बालनले दिईन् प्रहरीमा उजुरी : Icon Khabar

मुम्बई, फागुन ९ । बलिउड अभिनेत्री विद्या बालन हालका दिनमा फिल्म ‘भूल भुलैया–३’का कारण चर्चामा छिन् ।

फ्रेन्चाइजीको यो तेस्रो भागमा अभिनेत्रीको कमब्याकको पुष्टि भइसकेको छ । विद्याको कामको चर्चा भइरहँदा उनी भने अहिले तनावमा छिन् ।

विद्याका नाममा फर्जी इमेल, इन्स्टाग्राम र ह्वाट्सएप एकाउन्ट बनाइएको थाहा पाएपछि उनले मुम्बईको खार प्रहरी स्टेसनमा उजुरी दिएकी छन् ।

विद्याको फर्जी एकाउन्टबाट जालसाजीले फिल्म उद्योगमा काम दिने भन्दै झुठो बाचा गर्दै विभिन्न मानिसहरुसँग सम्पर्क गरेका खुलेको छ ।

उनीहरुले ती मानिसहरुसँग पैसा पनि मागेपछि विद्याले प्रहरीमा उजुरी दिएकी हुन् ।

विद्याका डिजाइनर प्रणयका नामबाट ह्वाट्सएपमा आफू विद्या भन्दै सन्देश आएको थियो । प्रणयले त्यो आफ्नो नम्बर नभएको उल्लेख गरेकी छन् ।

विद्याले अज्ञात समूहले आफ्नो नामको दुरुपयोग गर्दै आपराधिक गतिविधिसमेत गर्न थालेको थाहा पाएपछि उनी तनावमा थिइन् ।

विद्याका अनुसार १७ फेब्रुअरीदेखि १९ सम्म विभिन्न व्यक्तिले विद्यालाई उनको फर्जी इन्स्टाग्राम र जीमेल एकाउन्टबाट पैसा माग्ने र बलिउडमा अवसर दिने भन्दै सन्देश आउन थालेको जानकारी दिएका थिए ।

विद्याको उजुरीका आधारमा सूचना प्रौद्योगिकी अधिनियमको धारा ६६ ‘सी’ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 February 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने