आफ्नो नाममा फर्जी एकाउन्ट बनाइएपछि अभिनेत्री विद्या बालनले दिईन् प्रहरीमा उजुरी

आफ्नो नाममा फर्जी एकाउन्ट बनाइएपछि अभिनेत्री विद्या बालनले दिईन् प्रहरीमा उजुरी : Icon Khabar

मुम्बई, फागुन ९ । बलिउड अभिनेत्री विद्या बालन हालका दिनमा फिल्म ‘भूल भुलैया–३’का कारण चर्चामा छिन् ।

फ्रेन्चाइजीको यो तेस्रो भागमा अभिनेत्रीको कमब्याकको पुष्टि भइसकेको छ । विद्याको कामको चर्चा भइरहँदा उनी भने अहिले तनावमा छिन् ।

विद्याका नाममा फर्जी इमेल, इन्स्टाग्राम र ह्वाट्सएप एकाउन्ट बनाइएको थाहा पाएपछि उनले मुम्बईको खार प्रहरी स्टेसनमा उजुरी दिएकी छन् ।

विद्याको फर्जी एकाउन्टबाट जालसाजीले फिल्म उद्योगमा काम दिने भन्दै झुठो बाचा गर्दै विभिन्न मानिसहरुसँग सम्पर्क गरेका खुलेको छ ।

उनीहरुले ती मानिसहरुसँग पैसा पनि मागेपछि विद्याले प्रहरीमा उजुरी दिएकी हुन् ।

विद्याका डिजाइनर प्रणयका नामबाट ह्वाट्सएपमा आफू विद्या भन्दै सन्देश आएको थियो । प्रणयले त्यो आफ्नो नम्बर नभएको उल्लेख गरेकी छन् ।

विद्याले अज्ञात समूहले आफ्नो नामको दुरुपयोग गर्दै आपराधिक गतिविधिसमेत गर्न थालेको थाहा पाएपछि उनी तनावमा थिइन् ।

विद्याका अनुसार १७ फेब्रुअरीदेखि १९ सम्म विभिन्न व्यक्तिले विद्यालाई उनको फर्जी इन्स्टाग्राम र जीमेल एकाउन्टबाट पैसा माग्ने र बलिउडमा अवसर दिने भन्दै सन्देश आउन थालेको जानकारी दिएका थिए ।

विद्याको उजुरीका आधारमा सूचना प्रौद्योगिकी अधिनियमको धारा ६६ ‘सी’ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Published Date: 21 February 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता