आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौ, माघ २३ । आज २०८० माघ २३ गते मंगलबार तद्अनुसार ६ फेब्रअरी २०२४ । आज माघ कृष्ण एकादशी, व्याघात बालव ज्येष्ठा, षट्तिला एकादशी व्रत, सुरक्षित इन्टरनेट दिवस, सूर्योदय बिहान ६ः४७ बजे तथा सूर्यास्त साँझ १७ः४८ बजे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्राले मनोनुकूल लाभ दिनेछ । लाभको अवसर प्राप्त भैरहने छ । लगानी शुभ रहने छ ।

वृष: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । कुनै विशेष क्षेत्रमा सामाजिक कार्य गर्ने इच्छा जागृत हुनेछ ।

मिथुन: धर्म–कर्ममा रुचि बढ्ने छ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: बोलीचालिमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । जोखिम नलिनु होला ।

सिंह: अदालतको कार्य लम्बिने छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

कन्या: रोजगारमा वृद्धि हुनेछ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ । शेयर बजारमा सोच–विचार गरेर लगानी गर्नु होला ।

तुला: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा लाभदायक रहने छ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

वृश्चिक: महत्वपूर्ण निर्णय आफैँले लिँदा लाभ हुनेछ । प्रयास बढी गर्नु पर्नेछ । बिना कारण विवादको स्थिति बन्न सक्छ ।

धनु: हतारमा कुनै पनि काम नगर्नु होला । चिन्ता तथा तनाव रहने छ । व्यापार लाभदायक रहने छ ।

मकर: कुनै पनि निर्णय लिन हतार नगर्नु होला । भ्रमको स्थिति बन्न सक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कुम्भ: अप्रत्याशित खर्च बढ्ने छ । उपहार प्राप्तिको सम्भावना छ । लगानीले लाभ दिने छ ।

मीन: आँखालाई चोट अथवा रोगबाट बचाउनु होला । बहुमूल्य वस्तु हराउन सक्छ । अरुको झगडामा नगर्नु होला ।

Published Date: 06 February 2024


ताजा
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै
नगरकोटमोडमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी