अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट

अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट : Icon Khabar

काठमाडौं, माघ १८ । अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न भएको छ ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार चेक सटही तथा आवेदन रकमको तथ्यांकहरु प्रशोधनको अन्तिम काम सकेर लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न भएको छ । प्रारम्भिक बाँडफाँट अनुसार कम्पनीको लिलामी सेयरको कट अफ प्राइस पनि १ रुपैयाँले बढेर १४७ रुपैयाँ आएको जानकारी दिइएको छ ।

यसअघि कट अफ प्राइस १४६ रुपैयाँ आएको जानकारी दिइएको थियो । यता, कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम सोमबार (माघ २२ गते) बाट फिर्ता दिन सुरु गर्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । अपर तामाकोशीको लिलामी सेयर भर्दा ७ अर्ब रुपैयाँ बढी जम्मा भएको छ । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् ।

यस हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो ।

सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन् ।

Published Date: 01 February 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग