बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, माघ १८ । सुनको भाउ लगातार ४ दिन बढेको छ । यो ४ दिनमा सुनको भाउ १२ सय रुपैयाँले बढ्न पुगेको छ ।

जसमा सोमबार, मंगलबार, बुधबार सुनको भाउ क्रमशः ३००–३००–१०० रुपैयाँले बढेको थियो । त्यसैगरी आज ५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 01 February 2024
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक