बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, माघ १८ । सुनको भाउ लगातार ४ दिन बढेको छ । यो ४ दिनमा सुनको भाउ १२ सय रुपैयाँले बढ्न पुगेको छ ।

जसमा सोमबार, मंगलबार, बुधबार सुनको भाउ क्रमशः ३००–३००–१०० रुपैयाँले बढेको थियो । त्यसैगरी आज ५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 01 February 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड