रास्वपाको संसदीय दलको बैठक अहिले ११ बजे बस्दै

रास्वपाको संसदीय दलको बैठक अहिले ११ बजे बस्दै : Icon Khabar

काठमाडौँ, माघ १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाइको छ।

संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले जानकारी दिए।

संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएको छ। यो अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो।

यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र विकास आयोजनमा दबाब यात्र गर्दैछ। त्यसले दिन उसले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा गर्ने बताएको छ। काठमाडौंबाट मेलम्चीको मुहान अम्बाथानसम्मै पुग्ने दबाब यात्राको थालनी पार्टी सभापति रवि लामिछानेले नै गर्ने रास्वपाले बताएको छ।

यसबारे पनि संसदीय दलको बैठकमा छलफल हुनेछ। रास्वपाले पुस ९ देखि ११ गतेसम्म नारायणगढ—बुटवल सडक खण्डको पदयात्रा गरेको थियो।

Published Date: 01 February 2024


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली