तपाईलाई निद्रा नलाग्ने समस्या छ ? भिटामिनको कमीले हुनसक्छ

तपाईलाई निद्रा नलाग्ने समस्या छ ? भिटामिनको कमीले हुनसक्छ : Icon Khabar

काठमाडौं, माघ १५ । सुत्नाले शरीरका कोशिकाहरु आफौ रिपेयर हुन्छ । जुन मानिसलाई निद्रा लाग्दैन, उनीहरुको कोशिका ड्यामेज हुन थाल्छ र रिल्याक्स पनि हुँदैन ।

प्राय इन्सोम्नियाको कारण भिटामिन डी अथवा मेन्टल हेल्थसंग सम्बन्धित भएको मानिन्छ । तर एउटा भिटामिनको कमीले पनि राति निद्रा नलाग्नुको कारण बन्छ ।

भिटामिन बी शरीरमा विभिन्न कामहरु गराउँछ । यसका विभिन्न प्रकार छन् । जस्तै बी १, बी २ , बी ३, बी ५, बी ७ र बी १२ । यीमध्ये भिटामिन बी १२ सुत्ने सम्बन्धि कुरासंग सम्बन्धित हुन्छ । भिटामिन बी १२ को कमी हुदा निद्रा नलाग्ने समस्या पनि हुन्छ । केहि त्यस्ता लक्षण, जसले शरीरमा भिटामिन बी १२ को कमी भएको संकेत दिन्छ ।

निद्रा नलाग्नु

निद्रा नलाग्ने समस्यामाथि सर्वेक्षण गरिएको छ । जुन मानिसमा भिटामिन बी १२ को स्तर कम अथवा तल झर्छ, उनीहरुलाई इन्सोम्निया हुन्छ । भिटामिन बी १२ निद्राका लागि अत्यधिक महत्वपूर्ण हुनुको साथै सर्काडियन रिदमलाई सुधार्छ भन्ने कुरा सर्वेक्षणबाट थाहा भएको छ ।

खान मन नलाग्नु

यो पोषक तत्वको कमीले भोक लाग्दैन । त्यति मात्र नभएर शरीरमा अन्य न्यूट्रिशनको पनि कमी हुन थाल्छ । विस्तारै मसल्स पनि खुकुलो हुन थाल्छ र शरीर सुक्न थाल्छ । यस्ता मानिसमा थकान र कमजोरी छिट्टै हुने समस्या देखिन्छ ।

दिमागले काम नगर्नु

दिमागको क्षमता कम हुनु पछाडि पनि भिटामिन बी १२ को कमी हुन सक्छ । दिमागी स्वास्थ्यलाई विभिन्न समस्याले घेर्न थाल्छ । जसले गर्दा स्मरणशक्ति, प्रतिक्रिया, चेतना विस्तारै धमिलो हुन्छ । यस्ता मानिस प्राय: उदासी र एक्लोपनाको शिकार हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2024
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग