आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ १६। आज २०८० साल माघ १६ गते‌ मंगलबार, तदअनुसार जनवरी ३०, सन् २०२४, आज माघ कृष्ण चतुर्थी तिथि, सहिद दिवस, सूर्योदय: बिहान ०६:५४, सूर्यास्त साँझ ०५:४१ बजे ।

आजको राशिफल

मेष: चोट अथवा दुर्घटनाबाट हानिको सम्भावना छ । स्वास्थ्य कमजोर रहने छ । दाजु- भाइसंग सम्बन्ध बिग्रन सक्छ ।

वृष: स्वास्थ्य‌ कमजोर रहने छ । आर्थिक वृद्धिको अवसर मिल्नेछ । धैर्यता कायम राख्नु होला ।

मिथुन: रचनात्मक कार्य सफल हुनेछ । सामाजिक कार्य गर्ने मन बन्ने छ । बौद्धिक गतिविधिहरू राम्रो हुनेछ ।

कर्कट: आर्थिक स्थिरता हुनेछ । प्रेम सफल हुनेछ । मनोरञ्जनात्मक कार्यक्रममा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ ।

सिंह: रचनात्मक कार्य सफल हुनेछ । सामाजिक जमघटहरूमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला ।

कन्या: स्वास्थ्यमा ध्यान दिनु होला ।  नियमित व्यायाम र सन्तुलित आहार लाभदायक हुनेछ । अनावश्यक जोखिमबाट बच्नु होला।

तुला: आफ्नो दिनचर्यामा सन्तुलन कायम राख्नु होला ।तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नु होला । परिवारमा सद्भाव बढाउनु होला ।

वृश्चिक: जीवनसाथीबाट सहयोग पाइने छ । उपहार प्राप्त हुनेछ । यात्रा लाभदायक रहने छ ।

धनु: बहुमूल्य वस्तुहरू सम्हालेर राख्नु होला । यात्रामा कुनै पनि कुरा न छुटाउनु होला । स्वास्थ्य कमजोर रहने छ ।

मकर: डुबेको रकम प्राप्त हुनेछ । यात्रा लाभदायक रहने छ । कुनै ठूलो समस्याको सामना गर्नु पर्ने छ ।

कुम्भ: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । योजना पूरा हुनेछ । ठूलो समस्याको हल एकाएक हुनेछ ।

मीन: लाभमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । भाग्यको साथ रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2024
Website | + posts