सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा काठमाडौं महानगरले चलायो डोजर

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा काठमाडौं महानगरले चलायो डोजर : Icon Khabar

काठमाडौं, माघ १२ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका-१० बानेश्वर स्थित रत्नराज्यलक्ष्मी विद्यालय नजिक रहेको ४ वटा पक्की घरमा डोजर चलाइएको नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए ।

‘सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका ४ वटा घर भत्काउन भनेका थियौं । तर अटेर गरेपछि डोजर चलाएर हटाएका हौं,’ अनलाइनखबरसँग उनले भने ।

उनले महानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर र मापदण्ड विपरीत बनेका संरचना हटाउन भन्दै पटक पटक सूचना गरेपनि अटेर गरेकाले डोजर चलाउन बाध्य भएको बताए ।

Published Date: 26 January 2024


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क