सिटिजन लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : Icon Khabar

काठमाडौं, माघ १२ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ ।

यसअवधिमा खुद नाफा २.७२% ले बढेर १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले १२ करोड ३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा यसको खुद नाफा बढेको हो । एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी ५१.३५% ले बढेर ७४ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ४८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो । खुद बिमा शुल्क आर्जन ४.२३% ले बढेर २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३.४५% ले बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यता, चुक्ता पुँजीअनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने दबाबमा परेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १६ पैसाले घटेर ६ रुपैयाँ ६ पैसामा झरेको छ ।

प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १३ पैसा छ ।

Published Date: 26 January 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय