सिटिजन लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : Icon Khabar

काठमाडौं, माघ १२ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ ।

यसअवधिमा खुद नाफा २.७२% ले बढेर १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले १२ करोड ३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा यसको खुद नाफा बढेको हो । एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी ५१.३५% ले बढेर ७४ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ४८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो । खुद बिमा शुल्क आर्जन ४.२३% ले बढेर २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३.४५% ले बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यता, चुक्ता पुँजीअनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने दबाबमा परेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १६ पैसाले घटेर ६ रुपैयाँ ६ पैसामा झरेको छ ।

प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १३ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2024
Website | + posts


ताजा
ललितपुरले अहिले बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी
ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
काठमाडौंमा लगाइएको कर्फ्यु आज बिहान ५ बजेबाट सकियो, अब के हुन्छ ?
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु