चलचित्र `जिग्री´को तीन फरक पोस्टर सार्वजनिक, फागुन ४ गते रिलिज हुने

चलचित्र `जिग्री´को तीन फरक पोस्टर सार्वजनिक, फागुन ४ गते रिलिज हुने : Icon Khabar

काठमाडौं, माघ ७ । सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र `जिग्री´को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ ।

निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै यो फिल्म फागुन ४ गते रिलिजमा आउने जानकारी गराएका हुन् ।

कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको `जिग्री´लाई आकाश मगरले निर्देशन गरेका हुन् । यो फिल्ममा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ ।

`जिग्री´ काठमाडौंमा अनेकौं महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई युवाको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौंमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषयवस्तु रहेको छ ।

वर्तमान समयमा आम नेपाली युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनाहरूलाई जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीबाट दर्शक माझ देखाउन खोजेको छ ।

फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । फिल्ममा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ ।

फिल्मको केही दिनमा नै टीजर सार्वजनिक गरिने छ । यो‌ फिल्मको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2024
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु