आयुष्मान खुराना ब्राण्डको बारेमा लण्डनको एक कम्पनीद्वारा अध्ययन

आयुष्मान खुराना ब्राण्डको बारेमा लण्डनको एक कम्पनीद्वारा अध्ययन : Icon Khabar

मुम्बई, माघ ५ । लण्डनको एक बिहेवरियल इनसाइट्स कम्पनी केनवसडले भारतमा अभिनेता आयुष्मान खुराना ब्राण्डको बारेमा अध्ययन गरेको छ ।

‘हाऊ एक्टर आयुष्मान खुराना ब्रिङ्स एडभोकेसी इन बलिउड’ शीर्षकमा गरिएको अध्ययनमा अभिनेता आयुष्मानले देशबासीकाबीच तालमेल मिलाएको उल्लेख गरिएको छ । त्यस्तै,कसरी उनी भरोसायोग्य र सबैभन्दा जागृत भारतीय व्यक्तित्व हुन् भन्नेमा केन्द्रीत छ ।

‘फर्मुलाबद्ध फिल्मका लागि प्रख्यात फिल्म उद्योगमा खुरानाको बलिउड स्टारडमसम्मको यात्रा उल्लेखनीय छ । खुरानाको यात्राको एक महत्वपूर्ण पक्ष भनेको उनले जोखिमपूर्ण फिल्ममा काम गर्नु हो । उनले फिल्म ‘ड्रिम गर्ल’ मा एक क्रस जेन्डर अभिनेता, ‘डाक्टर जी’मा एक पुरुष स्त्री रोग विशेषज्ञ छात्र र ‘विक्की डोनर’मा एक नियमित शुक्राणु दाताको भूमिका निभाएका छन् । ती फिल्मका लागि उनले ‘हुन्छ’ भने जसलाई शायद अरुले अस्वीकार गरिरहेका थिए या विचार पनि गरेका थिएनन्’, आयुष्मानको प्रभावलाई दर्शाउँदै अध्ययनमा भनिएको छ ।

आयुष्मान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एकका रुपमा दुई पटक टाइम म्यागेजिन पुरस्कार विजेता हुन् ।

‘खुरानाको लोकप्रियता लगातार बढिरहेको छ । यसअघि टाइम म्यागेजिनले सन् २०२० मा विश्वकै सय प्रभावशाली व्यक्तिहरुको सूचीमा समेत आयुष्मानलाई समावेश गरेको थियो । युनिसेफका लागि उनले बाल अधिकार सक्रियतामा सन् २०२३ मा टाइम १०० इम्प्याक्ट अवार्ड पनि पाएका छन् । उनको ११ वर्षको करियरमा कैयौं प्रशंसित फिल्ममा अभिनय गरेका छन्, जसको श्रेय उनी समाजमा गहिराईसँग जोडिएका आफ्नो भूमिकालाई दिन्छन्’, अध्ययनमा भनिएको छ ।

Published Date: 19 January 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड