आयुष्मान खुराना ब्राण्डको बारेमा लण्डनको एक कम्पनीद्वारा अध्ययन

आयुष्मान खुराना ब्राण्डको बारेमा लण्डनको एक कम्पनीद्वारा अध्ययन : Icon Khabar

मुम्बई, माघ ५ । लण्डनको एक बिहेवरियल इनसाइट्स कम्पनी केनवसडले भारतमा अभिनेता आयुष्मान खुराना ब्राण्डको बारेमा अध्ययन गरेको छ ।

‘हाऊ एक्टर आयुष्मान खुराना ब्रिङ्स एडभोकेसी इन बलिउड’ शीर्षकमा गरिएको अध्ययनमा अभिनेता आयुष्मानले देशबासीकाबीच तालमेल मिलाएको उल्लेख गरिएको छ । त्यस्तै,कसरी उनी भरोसायोग्य र सबैभन्दा जागृत भारतीय व्यक्तित्व हुन् भन्नेमा केन्द्रीत छ ।

‘फर्मुलाबद्ध फिल्मका लागि प्रख्यात फिल्म उद्योगमा खुरानाको बलिउड स्टारडमसम्मको यात्रा उल्लेखनीय छ । खुरानाको यात्राको एक महत्वपूर्ण पक्ष भनेको उनले जोखिमपूर्ण फिल्ममा काम गर्नु हो । उनले फिल्म ‘ड्रिम गर्ल’ मा एक क्रस जेन्डर अभिनेता, ‘डाक्टर जी’मा एक पुरुष स्त्री रोग विशेषज्ञ छात्र र ‘विक्की डोनर’मा एक नियमित शुक्राणु दाताको भूमिका निभाएका छन् । ती फिल्मका लागि उनले ‘हुन्छ’ भने जसलाई शायद अरुले अस्वीकार गरिरहेका थिए या विचार पनि गरेका थिएनन्’, आयुष्मानको प्रभावलाई दर्शाउँदै अध्ययनमा भनिएको छ ।

आयुष्मान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एकका रुपमा दुई पटक टाइम म्यागेजिन पुरस्कार विजेता हुन् ।

‘खुरानाको लोकप्रियता लगातार बढिरहेको छ । यसअघि टाइम म्यागेजिनले सन् २०२० मा विश्वकै सय प्रभावशाली व्यक्तिहरुको सूचीमा समेत आयुष्मानलाई समावेश गरेको थियो । युनिसेफका लागि उनले बाल अधिकार सक्रियतामा सन् २०२३ मा टाइम १०० इम्प्याक्ट अवार्ड पनि पाएका छन् । उनको ११ वर्षको करियरमा कैयौं प्रशंसित फिल्ममा अभिनय गरेका छन्, जसको श्रेय उनी समाजमा गहिराईसँग जोडिएका आफ्नो भूमिकालाई दिन्छन्’, अध्ययनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन