रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या घट्यो

रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या घट्यो : Icon Khabar

काठमाडौँ, माघ ३ । चालुु आर्थिक वर्ष २०८०-८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९-८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालु आवमा क्रमश: घटेर तेस्रो र चौथो श्रम गन्तव्य मुलुक हुन पुगेसँगै मलेसियामा रोजगारीमा जानेको सङ्ख्या घटेको हो ।

अघिल्ला दुुई वर्षमा ‘मिसन’ कै रूपमा नेपालसहितका देशबाट ठुलो सङ्ख्यामा श्रमिक आपूर्ति गरेको मलेसियाले पूरा मागको आपूर्ति सकिएपछि मात्रै खोल्ने गरी नयाँ माग रोकेको छ । त्यसको असर नेपाली श्रम बजारमा पनि देखा परेको छ । विभागका अनुसार गत आवको भदौ महिनामा मलेसियाका लागि ३५ हजार ३७२ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको भदौमा आठ हजार ३१ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् ।

गत आवको कात्तिकमा मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ३० हजार ५४० जना रहेकोमा चालुु आवको कात्तिकमा मलेसियाका लागि पाँच हजार ५५२ जनाले मात्रै लिएको देखिन्छ । यस्तै विभागका अनुसार चालुु आवको पुुसमा मलेसियाका लागि आठ हजार ९१ जनाले श्रम स्वीकृति लिएकोमा गत आवको पुसमा त्यस देशका लागि २० हजार ३३९ जनाले श्रम स्वीकृति लिएर गएका थिए ।

चालुु आवमा मङ्सिरमा नौ हजार ५६७ जनाले श्रम स्वीकृति लिएकोमा चालुु आवको मङ्सिरमा २५ हजार २७० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजीव पोखरेलले सन् २०२१ देखि २०२३ को मध्यतिरबाट नै मलेसियाका रोजगारदाता कम्पनीबाट भएका पुराना मागको सबै आपूर्ति नसकिँदासम्म नयाँ नखुुलाउने घोषणा गरेको र त्यसैले गर्दा मलेसिया जानेको सङ्ख्या घटेको बताए। उनले भने, “यसअघि गरेको मागबाट सबै श्रमिक आपूर्ति भइसकेपछि मलेसियाले नयाँ खुुलाउने छ र अहिले घटेको मलेसियाको रोजगारी क्रमश बढने छ ।”

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसिया सरकारले आफ्नो नीतिका कारण पछिल्लो एक वर्षयता मलेसियामा नयाँ श्रमिकको माग नआएको बताए । उनका अनुसार अहिले आएका माग पुरानै हुुन् । यिनी सकिएपछि मलेसिया सरकारले बल्ल नयाँ खुुलाउने छ । त्यसपछि बल्ल मलेसिया जानेको सङ्ख्या बढ्दै जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2024
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल