प्रधानमन्त्री दाहालद्धारा सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त

प्रधानमन्त्री दाहालद्धारा सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त : Icon Khabar

काठमाण्डौ, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तामाङ लगायत हिमाली एवं आदिवासी जनजातिको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहाले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व वोकेको थुप्रै पर्वहरु रहेको बताउदैँ सवै जातजातिको आ–आफ्नो भिन्न भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको र यसको एकिकृत रुपनै नेपालको राष्ट्रिय संस्कृति रहको बताए । नेपाली जनताले लोकतन्त्रका लागि आन्दोल गरेपछि धर्म निरपेक्षता, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको र यसका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भुमिकाको उच्च मुल्याङ्कण भएको प्रशंसा व्यक्त गरे ।

“नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो”, प्रधानमन्त्रीद्वारा जारी शुभकामनामा भनिएको छ ।

प्रधानमन्त्री दाहालले सोनाम ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2023
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)