प्रधानमन्त्री दाहालद्धारा सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त

प्रधानमन्त्री दाहालद्धारा सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त : Icon Khabar

काठमाण्डौ, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तामाङ लगायत हिमाली एवं आदिवासी जनजातिको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहाले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व वोकेको थुप्रै पर्वहरु रहेको बताउदैँ सवै जातजातिको आ–आफ्नो भिन्न भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको र यसको एकिकृत रुपनै नेपालको राष्ट्रिय संस्कृति रहको बताए । नेपाली जनताले लोकतन्त्रका लागि आन्दोल गरेपछि धर्म निरपेक्षता, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको र यसका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भुमिकाको उच्च मुल्याङ्कण भएको प्रशंसा व्यक्त गरे ।

“नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो”, प्रधानमन्त्रीद्वारा जारी शुभकामनामा भनिएको छ ।

प्रधानमन्त्री दाहालले सोनाम ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

Published Date: 22 January 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु