आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन

आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन : Icon Khabar

काठमाडौँ, माघ २ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा पुुगेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सूचना प्रकाशन गरेको थियो । सोही अनुसार कार्यकारी प्रमुुखमा १४ जनाको आवेदन परेको हो ।

मन्त्रालयका अनुसार निगम प्रमुुखका लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, ई. सहदेव चन्द, दिलीप शेखर श्रेष्ठ, चितवनका ई. डा. डोलप्रसाद चापागाईं, मोरङका पङ्कजकुमार दास, माधव रेग्मी, ई. आमोदप्रसाद चौधरीले आवेदन दिएका छन्।

यस्तै धनुषाका रामदेव यादव, सप्तरीका सञ्जीवकुमार देव, गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका वसन्तकुमार पाण्डे, बागलुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुघ्नप्रसाद पुडासैनी निगमको कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा छन्।

मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त खुलाइएको थियो ।

Published Date: 16 January 2024
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक