भक्तपुरमा दुई दिने ऋण व्यव‌स्थापन तालिम शनिबार सम्पन्न

भक्तपुरमा दुई दिने ऋण व्यव‌स्थापन तालिम शनिबार सम्पन्न : Icon Khabar

भक्तपुर, पुस २९ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तिय सेवा प्रवर्द्वन उपसमितिको आयोजनामा दुई दिने ऋण व्यव‌स्थापन तालिम शनिबार सम्पन्न भयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले तालिमबाट सिकेको कुराहरू सहकरीकर्मिलाई सिकाउने र संस्थामा पनि लागु गर्न आफ्‌नो सञ्चालक समितितर्फ राख्नुपर्ने बताए । उनले तालिमबाट सैदान्तिक र व्यवहारीक सिकाइबाट सक्षम र अबल बनाउन धेरै सहयोग गर्ने बताए। उनले वर्तमान सहकारी समस्या सहकारी एन नियम परिपालना नगरेका कारण आएको बताए।

संघका कोषाध्यक्ष कान्छा भक्त धजुले तालिमबाट संस्थाहरूमा ऋण व्यवस्थापनमा सहज हुने कुरा राखे । उनले तालिमबाट विश्वका असल अभ्यास सिक्नुको साथै ऋणा वगीर्करणा गरी लगानी र लगानी भएका ऋणीहरूको समय समयमा निरिक्षण गर्नु पर्ने आवश्यकता औल्याए।

प्रशिक्षक बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि का प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले तालिमले सहकारीलाई सही ढंगले संचालन गर्न टेवा पुय्याउने बताए । उनले विभिन्न प्रयोगात्मक, उदाहरण मार्फत ऋण परिचय, उद्देश्य, जोखिम व्यवस्थापन, क्षमता आधारित ऋण लगानी, ऋण मुल्याङ्‌कन गर्ने विधि, ऋण वर्गिकरण, भाखा नाधेको ऋण व्यवस्थापन, भाखा नाधेको ऋण अशुलीको विस्तृत जानकारी दिए ।

उनले ऋण व्यवस्थापनमा ६ सि विश्लेषण, निति नियमको पालना गनुपर्ने कुरा राख्दै जोखिमबाट मुक्त हुन नसक्ने तर न्यूनिकरण गर्नसक्ने कुरा बताए । उनले ऋण दिएर मात्र समस्याको हल नहुने त्यसको व्यवस्थापन राम्ररी गर्नुपर्ने, तमसुकमा प्रमाणीकरण गर्नुपले र सहकारी अभियानमा निति अनुरूप ऋण प्रवाह गर्नुपर्ने बताए।

संघका वित्तिय सेवा प्रवर्दन उपसमितिका सदस्य राजकुमार लघुले घन्यवाद मन्तव्य दिए भने कार्यक्रम संचालन उपसमितिका सदस्य राजाराम गोसाई गरेका थिए । उक्त तालिममा २९ वटा संस्थाहरूबाट ३३ जनाको सहभागी थिए।

Published Date: 14 January 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु