यो साता विश्व बजारमा सुनको मुल्यमा गिरावट

यो साता विश्व बजारमा सुनको मुल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, पुस २८ । याे साता सुन र चाँदीकाे भाउमा गिरावट देखिएकाे छ । साताभरमा सुन प्रतिताेला ९०० रूपैयाँले घटेकाे हाे । चाँदी पनि याे साता ताेलामा २० रूपैयाँले सस्तिएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनकाे मूल्यमा आएको गिरावटका कारण नेपाली सुन बजारमा पनि त्यसकाे प्रभाव परेकाे हाे ।

यो साता विश्व बजारमा सुनको मुल्यमा कमी आएको छ । अमेरिकी डलरको विनिमय दरमा कमी आउन सक्ने बिश्लेषकहरुको आँकलनका कारण सुनको मुल्यमा कमी आएको अनुमान छ ।

शुक्रबार विश्व बजारमा १० डलरले सुनकाे भाउ बढेर प्रतिअउन्स २ हजार ४० डलर बराबरमा काराेबार भइरहेकाे छ । अमेरिकी डलर कमजाेर हुँदा सन् २०२३ मा सुनकाे भाउमा उच्च रेकर्ड कायम गरेकाे छ। यद्धपी २,००० डलर आसपासमा काराेबार भइरहेकाे सुनकाे भाउ अब भने यस उचाइमा रहिरहने कुरामा विज्ञहरू शंका गरिरहेका छन् ।

विज्ञहरूले सुनकाे भाउ प्रतिअउन्स २,००० डलर भन्दा घट्ने भन्दै लगानीकर्ताहरूलाई चेतावनी दिइरहेका छन् ।

Published Date: 13 January 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु