यो साता विश्व बजारमा सुनको मुल्यमा गिरावट

यो साता विश्व बजारमा सुनको मुल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, पुस २८ । याे साता सुन र चाँदीकाे भाउमा गिरावट देखिएकाे छ । साताभरमा सुन प्रतिताेला ९०० रूपैयाँले घटेकाे हाे । चाँदी पनि याे साता ताेलामा २० रूपैयाँले सस्तिएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनकाे मूल्यमा आएको गिरावटका कारण नेपाली सुन बजारमा पनि त्यसकाे प्रभाव परेकाे हाे ।

यो साता विश्व बजारमा सुनको मुल्यमा कमी आएको छ । अमेरिकी डलरको विनिमय दरमा कमी आउन सक्ने बिश्लेषकहरुको आँकलनका कारण सुनको मुल्यमा कमी आएको अनुमान छ ।

शुक्रबार विश्व बजारमा १० डलरले सुनकाे भाउ बढेर प्रतिअउन्स २ हजार ४० डलर बराबरमा काराेबार भइरहेकाे छ । अमेरिकी डलर कमजाेर हुँदा सन् २०२३ मा सुनकाे भाउमा उच्च रेकर्ड कायम गरेकाे छ। यद्धपी २,००० डलर आसपासमा काराेबार भइरहेकाे सुनकाे भाउ अब भने यस उचाइमा रहिरहने कुरामा विज्ञहरू शंका गरिरहेका छन् ।

विज्ञहरूले सुनकाे भाउ प्रतिअउन्स २,००० डलर भन्दा घट्ने भन्दै लगानीकर्ताहरूलाई चेतावनी दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2024
Website | + posts