वीरगञ्ज नाकामा एन्टिजेन परीक्षणमा २ व्यक्तिमा देखियो कोरोना संक्रमण

वीरगञ्ज नाकामा एन्टिजेन परीक्षणमा २ व्यक्तिमा देखियो कोरोना संक्रमण : Icon Khabar

पर्सा, पुस २७ । वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा २ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को संक्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले राससलाई जानकारी दिए ।प्रयोगशाला प्राविधिक साहका अनुसार बिहीबार १ जना नेपाली र बुधबार १ जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको हो ।

नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बुधबार र बिहीबार करिब १ सयभन्दा बढी व्यक्तिमा एन्टिजेन परीक्षण गरिएको थियो ।कोरोना संक्रमण पुष्टि दुवै जना कोलकत्ताबाट रेलको यात्रा गरी आएका थिए ।

नेपाली नागरिकलाई वीरगञ्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने भारतीय नागरिकलाई बुधबार नै भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।

उनीहरुमा लिइएको नमुना जिन सिक्वेन्सीङका लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए । हाल सो हेल्थ डेस्कमा दैनिक दुई सयदेखि दुई सय ५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिेजन परीक्षण भइरहेको छ ।

Published Date: 12 January 2024








ताजा
काठमाडौंको नदी किनारमा रहेका अवैध बस्ती हटाउन शुक्रबारदेखि डोजर परिचालन गर्ने
सनराइजर्स हैदरावादको लगातार पाँचौँ जित, २४४ रनको लक्ष्य सहजै पूरा
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : देशभर बदली र वर्षा गराउने नयाँ मौसमी प्रणाली सक्रिय










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा