ओमोडाको फ्युचरिस्टिक फ्लागसिप मोडल Omoda 5 EV

ओमोडाको फ्युचरिस्टिक फ्लागसिप मोडल Omoda 5 EV : Icon Khabar

काठमाडौँ, पुस २७ । ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट Omoda E5 इभि नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणहरूको सूचना प्रदान गर्न ओमोडाको चीन समुहले गत डिसेम्बर २८, २०२३ मा अनलाइन लाइभ-स्ट्रिम (प्रत्यक्ष्य प्रसारण) कार्यक्रम सञ्चालन गरेको छ ।

ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा आयोजित लाइभस्ट्रिम कार्यक्रम चीनमा भएको थियो, जसमा शारडा समुहका विशिष्ट अतिथिहरू र मिडिया अनलाइन मार्फत उपस्थित थिए ।

उक्त प्रत्यक्ष प्रसारणमा उच्च प्राविधिक सुविधाहरू, सुरक्षा, र आधुनिक डिजाइन सहितको Omoda ए५ प्रस्तुत गरिएको छ । Omoda E5, नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ लन्च हुनेछ जुन यसका प्रतिस्पर्धीहरूमध्ये सेगमेन्टमा उत्कृष्ट छ । ६१ किलोवाटआवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, र ३४० न्युटनमिटर टर्कको साथ, यसले ५१० किलोमिटर (NEDC) र ४३० किलोमिटर (WLTP) को दायरा
प्रदान गर्दछ ।

ओमोडा E5 को एक्टेरियर (बाहिरी) डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन-दर्शनमा आधारित रहेको छ । यसको X-आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड-मेट्रिक्स- टेललाइट, T-आकारको डेटाइम‍-रनिङ-हेडलाइट ले उक्त डिजाइन सिद्धान्त दर्शाउँदछ ।

उत्साहजनक एक्टेरियर डिजाइनको साथ, यो गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू सहितको इन्टेरियर डिजाइन प्रदान गर्दछ । साथै यसमा १७ ADAS सुविधाहरू पनि उपलब्ध छन् जसमा: ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट (LCA), डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग आदि ।

Omoda E5 मा २८ मिनेटमा ३०% बाट ८०% चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा पनि रहेको छ । ओमोडाले प्रयोगकर्ताको विभिन्न आवश्यकताहरू पूरा गर्दै समृद्ध अनुभव प्रदान गर्ने दाबी गर्दछ ।

Omoda E5 को सजिलो खरिद तथा स्वामित्व अनुभव सुनिश्चित गर्न, एस पि जि अटोमोबाइल्सले नेपालमा आफ्नो पूर्वाधार र सेवा सञ्जाल विस्तार गर्ने योजना बनाएको छ । साथै, यो गाडीलाई नेपाली भु-भागको सडक अनुकुल बनाइएको छ ।

एस पि जि अटोमोबाइल्सको बारेमा : एसपिजि अटोमोबाइल प्राइभेट लिमिटेड, नेपालमा ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडको लागि आधिकारिक वितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 January 2024
Website | + posts